एसडीएफका दुइ विधायक भए एसकेएममा सामेल

गान्तोक, 14 अगस्त। सिक्किमको राजनीतिमा छिट्छिटो उतार चडाउ देखा परिरहेको छ। राष्ट्रिय सत्तारूढ दल भारतीय जनता पार्टीमा 10 जना सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) का विधायकहरू सामेल भएको 24 घण्टा नबित्दै एसडीएफ-2 भन्दै गत 29 जुलाईदेखि एसडीएफबाट पर सरेका अप्पर तादोङका विधायक जीटी ढुङ्गेल र नाम्चेबुङका विधायक एम प्रसाद शर्माले आज सत्तारूढ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) का अध्यक्ष तथा मुख्यमन्त्री पीएस गोलेलाई पार्टीमा सामेल पत्र बुझाएर विधिवत सत्तापक्षमा पुगेका छन्।

यसभन्दा अघि दुवै विधायकले स्थानीय एउटा होटलमा पत्रकार सम्मेलन आयोजन गरेर आफूहरू अध्यक्ष गोलेलाई पार्टीमा सामेल हुने पत्र बुझाएर एसकेएममा पस्ने निर्णय गरेको घोषणा गरेका थिए।  विधायक एम प्रसाद शर्माले आफूहरू एसकेएममा जान लागेको विषयमा स्पष्टिकरण दिँदै भने,एसडीएफले राष्ट्रीय पार्टीमा जानुपर्छ भन्दा विरोध गरेको अनि विधानसभा सत्रमा सदनमा आफ्नो क्षेत्रको कुरा राख्न  सदनमा पसेको जहाँ एसडीएफ-बी भएर बसेको बताए। दिल्लीमा राष्ट्रीय पार्टीमा 10 जना गएपछि तीनजना रहेको विधायकहरू मध्ये दुइजनाले जनताको काम गर्न र क्षेत्रिय संवेदना बोकेर सिक्किमबासीले क्षेत्रिय पार्टी मन पराउने भएको हुनाले एसकेएम पार्टीमा सामेल हुने घोषणा गर्न आएको बताए। उनले काम गर्न आएको तर दिल्ली बसेर जनताको पीर मार्का नबुझ्ने होइन भन्यौं।

जनताको जनमतलाई शिरोपर गर्दै यो निर्णय लिएको विधायक जीटी ढुङ्गेलले बताए। यसैगरि उनले पार्टीमा सामेल नभइ एसकेएमको मञ्चमा मुख्यमन्त्रीको आग्रहलाई सम्मान गर्दै गएको बताए भने अन्य विधायकहरूले भने राष्ट्रिय पार्टी मन पराएको तर आफूहरूले क्षेत्रिय पार्टीमा जान रूचाएको बताए। यसैगरि एसकेएमका प्रवक्ता तथा मुख्यमन्त्रीका राजनैतिक सचिव जेकब खालिङले एसडीएफका 10 जना विधायक भाजपामा सामेल भएपछि आफ्नो प्रतिक्रिया व्यक्त गर्दै एसकेएम सरकार एनडीएकै सदस्य रहने अनि यसमा कुनै कठिनाइ नरहेको बताए। यसैगरी एसडीएफ र भाजपाले मिलिभगतमा जे गरे पनि जनताले त्यसको परिणाम जनताले दिने पनि प्रवक्ता खालिङले बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया