गजलकार सञ्जोग खवासलाई प्रेम शेर्पा विरोकी पुरस्कार प्रदान गरिने

खरसाङ, 16 अगस्त: नेपाली साहित्य सम्मेलन दार्जीलिङको प्रेम शेर्पा विरोकी पुरस्कार चयन समितिले यस वर्षको प्रेम शेर्पा विरोकी पुरस्कारको घोषणा गरेको छ। सम्मेलनको मूल सचिव सूर्य श्रेष्ठले दिएको विज्ञप्ति अनुसार यस वर्ष 2019  को प्रेम शेर्पा विरोकी पुरस्कार   युवा  साहित्यकार एंव सञ्जोग खवासलाई उनको कृति  अन्जान शहरमा छु (गजल) पुस्तकलाई दिइने घोषणा गरिएको छ।

उक्त पुरस्कार आगामी 20 अगस्त 2019  को दिन भाषा दिवसको उपलक्ष्यमा प्रदान गरिनेछ। युवा सर्जक सञ्जोग खवासको सन् 2017 मा पहिलो कृतिको रूपमा गजल संग्रह “अन्जान शहरमा छु” प्रकाशित छन् ।

उनी गजल लगायत कथा, कविता लेखनमा पनि निरन्तर लागि परेका छन्। लोवर चुङथुङ बिजनबारी निवासी करण खवास र शर्मिला खवासको सुपुत्र सञ्जोगले विज्ञान विषयमा स्नातक गरेका छन्। आज नेपाली साहित्य सम्मेलन दार्जीलिङको सभामा प्रेम शेर्पा विरोकी पुरस्कार सञ्जोग खवासलाई प्रदान गरिने निर्णय भएको छ। प्रत्येक वर्ष यो पुरस्कार 35 वर्ष मुनिका युवा सर्जकहरूलाई उक्त पुरस्कार प्रदान गरिन्छ । यस पुरस्कारमा 15,000( पन्ध्र हजार ) रूपियाँ नगद राशिसहित स्मृति चिन्ह्र प्रदान गरिन्छ। यो पुरस्कार गत पाँच वर्षदेखि युवाहरूलाई प्रदान गरिन्दै आएको छ। यो पुरस्कार शरण मुस्कान,  पुष्कर सिंगर,  राहुल राई बोगिगो , नरेश कटुवाललाई अघिबाटै प्रदान गरिएको थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया