मुख्यमन्त्री गोलेले भेटे गृहमन्त्री शाह

नयाँ दिल्ली, 17 अगस्त। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले) ले केन्द्रीय गृह मन्त्री अमित शाहलाई नयाँ दिल्लीमा भेटे। राज्यका ग्रामिण प्रबन्धन तथा विकास मन्त्री सोनाम लामा र शहरी विकास तथा आवास मन्त्री अरूण उप्रेतीको साथमा शाहलाई भेट्न पुगेका मुख्यमन्त्री गोलेले जम्मु कश्मीरको निम्ति संविधानमा रहेको  धारा 370  र 35 ए लाई हटाउने प्रक्रिया शान्तिपूर्ण ढङ्गमा निप्टारा गरेकोमा बधाई दिए।यसैगरि उनले सिक्किमको निम्ति रहेको संविधानका धारा 371 एफको पवित्रतालाई  सुरक्षीत एंव संरक्षित राख्ने सदनमा आश्वासन दिएकोमा पनि गृहमन्त्री शाहलाई आभार प्रकट गरे। उनले सिक्किमका लम्बीत राजनैतिक मागहरूलाई बेलिबिस्तारसित गृहमन्त्री शाहसमक्ष राख्दै लिम्बु तामाङ जनजातिलाई विधानसभामा आसन आरक्षण, छोडिएका एघार नेपाली समुदायका जातगोष्ठीलाई अनुसूचित जनजातिको दर्जा दिनुपर्ने जस्ता कुराहरूबारे ज्ञापन सुम्पिएका छन्।

मुख्यमन्त्री गोलेले सिक्किमको वित्तीय व विकास प्रबन्धनबारे राज्य विधानसभामा प्रस्तुत गरिएको श्वेत पत्रको एक प्रति पनि  गृहमन्त्रीलाई चडाए। यसैगरि उनले टिस्टा उर्जा जल विद्युत परियोजना र यसको गलत प्रबन्धनत एवं परियोजना पुरा हुनमा भएको लापरवाहीबारेको श्वेतपत्र पनि  प्रस्तुत गर्दै जनताको निम्ति आएको धनराशीको प्रयोगबारे पनि चर्चा गरेका थिए। यसका साथै मुख्यमन्त्रीले हालै राज्यमा नियुक्त गरिएको संस्कृत शिक्षकहरूको सूची, बजेट सत्रमा राज्यपालले राखेको सम्बोधनको प्रति पनि केन्द्रिय गृहमन्त्रीलाई सुम्पिएको जानकारी आइपीआरले दिएको छ। केन्द्रीय गृह मन्त्रीले लम्बीत सबै राजनैतिक, सामाजिक र आर्थिक मागहरू पुरा गर्ने आश्वासन दिएको पनि उल्लेख गरिएको छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया