तृणमूल कङ्ग्रेसको कालेबुङ जिल्ला समिति गठन: सासंद शान्ता छेत्रीले डीआइ फण्ड, डेभ्लोप्मेन्ट एरिया अनि नर्सिङ विषय मुख्यमन्त्रीसमक्ष कुरा उठाउने

कालेबुङ, 19 अगस्त: राज्यको सत्तासित दल तृणमूल कङ्ग्रेसले फेरि एकपल्ट पहाडमा सङ्गठन सुदृढीकरण गर्नमा जोड दिन शुरू गरेको छ। धेरै समयदखि गठन हुन नसकेको तृणमूल कङ्ग्रेसको कालेबुङ जिल्ला समिति आज गठन गरिएको छ। राज्यसभा सासंद एवं तृणमूल कङ्ग्रेस नेत्री शान्ता छेत्रीको विशेष उपस्थितिमा आज एउटा दलीय बैठकपछि जिल्ला समिति गठन गरिएको छ।

35 जना सदस्यहरूलाई लिएर समिति गठन गरेपनि समितिका मुख्य प्रतिनिधिहरूको नाम पार्टीले घोषणा गरेन। यद्यपि समितिको लिगल सेलमा प्रेम प्रधान अनि अनिल राई, माइनोरिटी सेलमा ढेण्डुप भोटिया अनि भीम अग्रवाल, मिडिया सेलमा लवन सुब्बा अनि आलोक गुरुङ साथै इम्प्लोइमेन्ट एसोसिएसनका दिपेशमणि प्रधानलाई पनि जिल्ला समितिमा राखिएको सासंद शान्ता छेत्रीले बताइन्।

यसरी नै तृममूलले चाँडै खण्ड-3 अन्तर्गत तीनवटा समष्टि संयोजकहरू पनि चयन गरिने भएको छ। यसका अतिरिक्त 20 जना महिलाहरूलाई लिएर नारी सङ्गठन पनि गठन गरिएको छ जसमा संयोजक ज्योति राई अनि संयुक्त संयोजकका रूपमा डेला शेर्पालाई चयन गरिएको छ भने चाँडै युवा समिति पनि गठन गरिनेछ।

बैठकपछि पत्रकारहरूलाई सम्बोधन गर्दै सासंद शान्ता छेत्रीले तृणमूल कङ्ग्रेसको विभिन्न समितिहरू गठन गरपछि अब सङ्गठनका प्रतिनिधिहरूले सङ्गठन विस्तारका निम्ति दायित्व निर्वाह गर्न आह्वान गरिन्।

‘गत चुनाउमा हामीले शान्ति अनि विकासका नाममा भोट मागेका थियौँ तर हामीले जित्न सकेनौँ’-शान्ता छेत्रीले भनिन्, ‘तर हामीले हार खाएका छैनौँ, हामी कर्ममा विश्वास गर्छौँ।’

राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी स्वयंले 34 वर्ष वामप्रन्टसित लडेर आएको अनि पहाडको निम्ति धेरै काम गरेको बताइन्।

यसै क्रममा उनले कालेबुङ डीआई फण्ड अनि डेभ्लोप्मेन्ट एरिया साथै नर्सिङ स्कूलमा पहाडका विद्यार्थीहरूले अवसर नपाएको विषय राज्यकी मुख्यमन्त्रको ध्यान आकर्षण गर्ने बताएकी छन्।

‘डीआई फण्ड डेभ्लोप्मेन्ट एरिया अलिहेलसम्म रिजिट्रेसन भएको छैन, उनीहरूमथि जुन ट्याक्स थोपिएको छ त्यो विषयमा आज पनि जिल्लापालसित कुरा गरेँ’-छेत्रीले भनिन्, ‘यो विषयलाई अघि बढाउनेछु अनि कलकत्मा पनि एपोइनन्टमेन्ट मिलाइरहेको छु।’

उनले नर्सिङ स्कूलमा यसपल्ट पहाडका विद्यार्थीहरूले अवसर नपाउनु दुर्भाग्यपूर्ण रहेको भन्दै यसै महिनाको 26 अगस्तमा आफू कलकत्ता गइरहेको अनि त्यसै समय यस विषय मुख्यमन्त्रालई ध्यान आकर्षण गराउने बताएकी छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया