सिक्किमको राजनैतिक परिदृश्यमा  चाँडै  परिवर्तन देखिनेछः डीटी लेप्चा

सिक्किम -दार्जीलिङ विलयको सम्भावनालाई लिएर चलिरहेको विवाद माथि पनि बोल्दै उनले भने, यो जनतालाई भ्रमित पार्ने मुद्दा मात्र हो, सिक्किम -दार्जीलिङ विलय हुँदैन यसको ग्यारेन्टी केन्द्रीय भाजपाले पनि दिइसकेको छ अनि हामी पनि दिन्छौं। एकसय एक प्रतिशत हामी विश्वस्त छौं सिक्किम-दार्जीलिङ विलयको मुद्दा अब उठ्दैन। सिक्किमको आफ्नो जुन छुट्टै चिन्हारी छ त्यो कायमै रहनेछ।


गान्तोक, 21 अगस्त।  सिक्किमको राजनैतिक परिदृश्य चाँडै परिवर्तन हुने हालै राष्ट्रिय सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)मा सामेल भएका राज्यका वरिष्ठ राजनैतिक नेता डीटी लेप्चाले दाबी गरेका छन्। एउटा राष्ट्रिय डिजिटल मिडियालाई अन्तर्वाता दिँदै नाथाङ माछोङका विधायक तथा पूर्व मन्त्री डीटी लेप्चाले भने, सिक्किमको राजनैतिक परिदृश्यमा चाँडै परिवर्तन आउँछ। भाजपाका राष्ट्रिय कार्यकारी अध्यक्ष जेपी नड्डा र महामन्त्री राम माधव चाँडै सिक्किम आउँदैछन्। उनीहरूलाई स्वागतको निम्ति हामी तयारी गर्दैछौं। राष्ट्रिय नेताहरूको आगमन पछि सबै राजनैतिक दृश्य स्पष्ट हुनेछ। यसैगरि आउँदो तीनवटा विधानसभा उप चुनाउमा पनि भाजपाले आफ्नै पार्टीको उम्मेद्वार चुनावी मैदानमा उतार्ने जानकारी पनि विधायक लेप्चाले दिए।

एसडीएफका दश विधायक भाजपामा सामेल भएकोमा स्पष्टिकरण दिँदै उनले भने, राज्यको अहिलेको राजनैतिक अवस्था अनि देशको राजनैतिक परिस्थितिलाई ध्यानमा राखेर हामी दशजना विधायक भाजपामा सामेल भएका हौं। अब हामी धारावाहिक रूपमा भाजपाको सांगठनीक कामहरू गर्नेछौं भने जनताको काम र राज्यको सर्वाङ्गिन विकासमा पनि हाम्रो योगदान रहनेछ।

जम्मु-कश्मीरबाट संविधानको विशेष प्रावधान 370 र 35 ए हटाएको सन्दर्भले सिक्किमलाई पनि असर पर्न सक्छ भन्ने आम धारणाप्रति उनले स्पष्टिकरण दिँदै भने, 370 अस्थायी प्रावधान थियो तर 371  विशेष प्रवाधान हो , त्यसैले 371 हटाउने कुनै कुरै आउँदैन हामीले चडाएको स्मारक पत्रमा 371 एफ हटाउनु नहुने  उल्लेख गरेका थियौं अऩि हामीले स्मारक पत्र चडाएकै भोलिपल्ट केन्द्रिय गृह मन्त्रीले संसदमा यससम्बन्धमा स्पष्टिकरण दिइसकेका छन्। सिक्किमे जनताले 371 एफ हट्छ भनेर कुनै सुर्ता गर्नुपर्ने काम छैन यो यथावत रहन्छ।

सिक्किम दार्जीलिङ विलयको सम्भावनालाई लिएर चलिरहेको विवाद माथि पनि बोल्दै उनले भने, यो जनतालाई भ्रमित पार्ने मुद्दा मात्र हो, सिक्किम दार्जीलिङ विलय हुँदैन यसको ग्यारेन्टी केन्द्रीय भाजपाले पनि दिइसकेको छ अनि हामी पनि दिन्छौं। एकसय एक प्रतिशत हामी विश्वस्त छौं सिक्किम-दार्जीलिङ विलयको मुद्दा अब उठ्दैन। सिक्किमको आफ्नो जुन छुट्टै चिन्हारी छ त्यो कायमै रहनेछ। केन्द्र सरकारले सिक्किममा विकासको निम्ति पूर्णरूपले सहयोग गर्ने आफूहरूलाई बचन दिएको पनि उनले दाबी गरे। यसका साथै राज्यका लम्बित राजनैतिक मुद्दाहरू पनि चाँडै समाधान हुने उनले दाबी गरे। आज नै उनले सिङताम स्थित भाजपाको  प्रदेश मुख्यालय भ्रमण गरेका छन्। थाहा लागे अऩुसार सिङताम सितै गान्तोकमा पनि भाजपाले कार्यालय शुरु गर्नेछ। उल्लेख्य छ, एसडीएफका दश विधायक डीटी लेप्चाको अगुवाईमा गत 13 अगस्तको दिन भाजपामा सामेल भएका हुन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन