छाता उखेलेर कमल रोप्न थाले

गान्तोक, 21 अगस्त। सिक्किमका विपक्षी दल एसडीएफबाट भाजपामा सामेल भएका विधायकहरूले पार्टी  भाजपाको सांगठनीक कार्यक्रम आरम्भ गरेका छन्। पूर्व सिक्किमको छुजाचेन समष्टिका विधायक केबी राईले मङ्गलबार आफ्नो समष्टिका जनतासित भेट गरेर भजपामा सामेल भएको बारेमा चर्चा गरे भने पश्चिम सिक्किमको मानेबुङ देन्तामका विधायक तथा पूर्व मन्त्री एनके सुब्बाले बर्मेक स्थित निजी निवासमा समर्थकहरूको उपस्थितिमा भाजपाको झण्डा उत्तोलन गरे। यस झण्डा उत्तोलन कार्यक्रममा धेरै संख्यामा सुब्बा समर्थकहरूको उपस्थिति रहेको बताइएको छ। यसैगरि नाथाङ माछोङका विधायक डीटी लेप्चाले पनि भाजपाको सांगठनीक कामलाई अघि बढाउन शुरु गरेका छन्।

मंगलबार उनले भाजपा प्रदेश एकाईका अध्यक्ष डीबी चौहानसित बैठक गरेको थाहा लागेको छ भने राज्य समितिका अन्य कार्यकर्ताहरूसित आज उनले बैठक गरेको थाहा लागेको छ। यसैक्रममा उनले सिङताम स्थित भाजपाको कार्यालयको भ्रमण पनि गरेका छन्। अर्कोतिर विधायक एनके सुब्बाले भोलि विहिबार आफ्नो समर्थकहरूलाई देन्ताममा बैठकको निम्ति बोलाएको विधयाक सुब्बाले बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया