अलगडामा श्री कृष्ण जन्माष्टमीको तयारी: यसवर्ष पनि धुमधामले गरिने पालन

कालेबुङ, 21 अगस्तगत वर्षहरू झैँ यसवर्ष पनि अलगडामा धुमधामसित श्रीकृष्ण जन्माष्टमी पालन गरिने भएको छ। अलगढा सत्यनारायण मन्दिरको आयोजनामा सम्पन्न हुने जन्माष्टमी आगामी 23 अगस्तका दिन विभिन्न धार्मिक अनुष्ठानहरूसितै पालन गरिने भएको छ।

मङ्गलबार सम्पन्न मन्दिर आयोजक समितिको सभामा श्री कृष्ण जन्माष्टमी भव्य रूपमा पालन गर्ने साथै यसदिन अलगडादेखि पेदोङसम्म 6 किलोमिटर रथयात्रा निकालिने तय गरिएको छ।

आयोजकका पक्षमा केशर थापा अनि सुमित छेत्रीले जानकारी दिँदै उक्त रथयात्रामा अलगढादेखि पदोङसम्मका विभिन्न सामाजिक एवं धार्मिक सङ्गठनहरूले सहभागिता जनाउने बताए। यसदिन क्षेत्रका सबै अनुयायीहरूलाई रथयात्रामा उपस्थित बनिदिन आयोजकले आह्वान गरेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया