खरसाङ महाविद्यालयमा 27 औँ नेपाली भाषा मान्यता स्मृति दिवस एंव सुवास सोताङद्वारा लिखित ‘भाषा आन्दोलन: इतिहास र उपलब्धि’-लोकार्पण

खरसाङ, 22 अगस्त :  खरसाङ महाविद्यालयको स्नातकोत्तर नेपाली विभागको आयोजनामा आज 27 औँ नेपाली भाषा मान्यता स्मृति दिवस पालन गरिएको छ। महाविद्यालयको प्राचार्य डा समीर बलको अध्यक्षता र वरिष्ठ साहित्यकार डा जस योञ्जन प्यासीको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा सुवास सोताङद्वारा भाषा आन्दोलनमाथि लेखिएको पुस्तक ‘भाषा आन्दोलन: इतिहास र उपलब्धि’-को तेस्रो संस्करणको पनि लोकार्पण गरिएको छ। यसको साथै प्राध्यापक सरस्वती मोहोराको छत्रछाँयामा नितेस राईद्वारा सम्पादित खरसाङ महाविद्यालयको विद्यार्थीहरूका लागि तयार पारिएको ‘अन्वेषण’ भित्ते पत्रिकाको पनि लोकार्पण गरिएको छ।

प्राध्यापक योगेश खातीले सञ्चालन गरेको कार्यक्रममा कार्यक्रमको उद्देश्य र औचित्यमाथि प्राध्यापिका तारा लोहार लेप्चाले वक्तव्य राखेका थिए। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा गोर्खा जनपुस्तकालय खरसाङको उपाध्यक्ष प्रकाश प्रधान,  सचिव बिनोद रसाईली र वार्ताकारको रूपमा लेखक सुवास सोताङ उपस्थित थिए।उनलाई खरसाङ महाविद्यालयको पक्षमा अभिनन्दन पनि गरिएको थियो। आफ्नो वार्ता राख्दै सुवास सोताङले भाषाले मान्यता पाएको 27 वर्ष पूरा गरेको बताउँदै भाषाले मान्यता पाउनु भनेको भारतमा बस्ने नेपालीहरूको छात्ती गर्वले चौड़ादार हुनु साथै यो उपलब्धिपूर्ण ऐतिहासिक दिन रहेको पनि बताए।

उनले अघि भने- “नेपाली भाषाले मान्यता पाउनु भनेको नेपाली भाषीहरूको निधारमा लागेको विदेशीको कंलक मेटिनु हो। हामीले इतिहास लेख्नु र पढ़्नु मात्रै होइन संरक्षण गर्नु पनि आवश्यक छ,  जातिको इतिहास संरक्षण गर्नुपर्छ भनेर नै मैले भाषाको इतिहाय लेखेको हो।” उनले भाषा मान्यताको लागि गरिएको आन्दोलनको विषयमा पनि बताउँदै अंग्रेजी भाषा पढ़नु लेख्नु गर्नुपर्छ तर नेपाली भाषा पनि संरक्षण गर्नुपर्छ कारण भाषा भनेको जातिको अंग हो,  जातिलाई बलियो बनाउने आधार नै जातिको भाषा हो।त्यसैले भाषाको संरक्षण गर्न र संस्थागत बनाउन 20 अगस्तको दिन सरकारी छुट्टी हुनु पर्ने पनि बताएका छन्।

कार्यक्रममा विद्यार्थीहरूले कविता वाचन लगायत सामुहिक गीत र नृत्य पनि प्रस्तुत गरेका थिए। कार्यक्रममा निबन्ध प्रतियोगितामा बिजयी विद्यार्थीहरूलाई पुरस्कार वितरण पनि गरियो भने यस सत्रलाई  प्राध्यापक सोनाम लामाले सञ्चालन गरेका थिए।  कार्यक्रममा प्रमुख अतिथि डा जस योञ्जन प्यासीले  सम्बोधन गर्दै भाषा आन्दोलनको समय खरसाङ महाविद्यालयको पनि महत्वपूर्ण योगदान रहेको बताउँदै आफु र डा कुमार प्रधान यसै महाविद्यालयको प्राचार्य हुँदा महाविद्यालयकै प्रतिनिधित्व गर्दै कार्यहरू गरेको बताए। उनले भाषा आन्दोलनको संस्मरण गर्दै विवरण पनि दिएका थिए भने आफु पनि विद्यार्थी हुँदा नै भाषा आन्दोलनको समय विभिन्न क्रियाकलापमा सक्रिय रहेको बताउँदै विद्यार्थीहरूलाई शिक्षाबाहेक पनि सबैतिर सक्रिय रहनु पर्ने पनि बताएका छन्। उनले हाम्रो जातीय भाषा सधैंभरि बाँचिरहनुपर्छ भनी बताएका छन्।आजको कार्यक्रम विषयमा पत्रकारहरूलाई सम्बोधन गर्दै प्राध्यापक योगेश खातीले जानकारी गराएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया