खरसाङमा गोरायुमोद्वारा जीटीए रद्द गर्नुपर्ने मागमा पोष्टरिङ

खरसाङ,  22 अगस्त : गोरामुमोको युवा संगठन गोरायुमोद्वारा खरसाङमा जीटीए रद्द गर्ने मांग गर्दै बजार परिसरमा व्यापक पोष्टरिङ गरेका छन् । गोरायुमो खरसाङ ब्राञ्चको सभापति राकेश राई एंव उपाध्यक्ष संग्राम घतानीको नेतृत्वमा खरसाङ बजारमा पोष्टरिङ गरिएको छ । खरसाङ बजारको विभिन्न क्षेत्रहरूमा गरिएको पोस्टरहरूमा “जीटीए रद्द गरौं, गोर्खाहरुको भविष्य बनाऊ, राजनैतिक स्थायी समाधानको लागि जीटीए बाधा हो, असंवैधानिक जीटीए झट्टै खारेज गर, फेरि पनि जीटीएमा राल काढ़नेहरू होसियार” जस्ता पोष्टरहरू बजारभरि टाँसिएका छन्।

यस विषयमा पत्रकारहरूलाई जानकारी गराउँदै गोरायुमो खरसाङ ब्राञ्च कमिटीको सभापति राकेश राईले आज दार्जीलिङ पहाड़को चारवटै महकुमाहरूमा गोरायुमोको नेतृत्वमा जीटीए रद्द गरिनु पर्ने मांगमा पोष्टरिङ गरिएको बताउँदै खरसाङ बजारको विभिन्न क्षेत्रहरूमा जीटीए रद्द गर्नु पर्ने मांग गर्दै पोष्टरिङ गरिएको बताए । उनले भोलि हुने नागरिकता दिवस विषयमा बोल्दै खरसाङको जीडीएनएस भवनमा गोरामुमोले नागरिकता दिवस मनाउने साथै भोलि खरसाङमा गोरामुमोले शान्ति जुलुस पनि निकाल्ने र उक्त जुलुस यहाँको बस टर्मिनसदेखि शुरु भएर खरसाङ बजार परिक्रमा गर्ने पनि बताएका छन् ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया