गोजमुमोको 44 नम्बर समष्टि डेभ्लोप्मेन्ट कमिटी गठन

कालेबुङ, 23 अगस्त: गोर्खा जनमुक्ति मोर्चाले जीटीएको 44 नम्बर समष्टिमा डेभ्लोप्मेन्ट कमिटी गठन गरेको छ। क्षेत्रमा जीटीएद्वारा गरिने विकास कार्यलाई केन्द्र गर्दै डेभ्लोप्मेन्ट कमिटी गठन गरिएको हो। गोजमुमो कालेबुङ जिल्ला अध्यक्ष सञ्चबीर सुब्बाको विशेष उपस्थितिमा कुमानी पीडब्ल्यूडी प्राथमिक पाठशाला सार्वजनिक भवनमा सम्पन्न एउटा सभापछि गोजममुमोको सबै भातृ सङ्गठनका प्रतिनिधिहरूलाई लिएर कमिटी गठन गरिएको छ।

कमिटीमा  समष्टि सभापति हर्कमान छेत्री, मूल सचिव बिरन गुरुङ, नारी मोर्चा समष्टि अध्यक्ष जुनी राई, सचिव रत्ना छेत्री, युवा मोर्चाबाट परिक राई, मनोज लामा, सुनिल राई, एचटीपीटीएबाट शङ्कर लाबर, प्रवेश गुरुङ, डीटीपीएलयूबाट रञ्जन भुजेल, रतन मणि छेत्री, जिल्ला सदस्य दिलिप लामा जोनी तामाङ, नारी मोर्चा केन्द्रिय समितिबाट सारिका गुरुङ, फरेस्ट भिलेजबाट किशोर थापा, साथै बबिता तामाङ, ओमिका थापा, सोनम शेर्पा, प्रमेश शर्मा राजेन राई, रतन गुरुङ आदिलाई चयन गरियो।

सभामा युवा मोर्चा जिल्ला अध्यक्ष विदुर राई, सह-सचिव सार्जन गुरुङ, जिल्ला समिति सदस्य दिपेन शेर्पा साथै स्थानीय मोर्चा कार्यकर्ताहरूको उपस्थिति थियो। सभाबारे मूल सचिव मूल सचिव विरन गुरुङले जानकारी दिएका हुन्।   

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन