गृहमन्त्रीले लिम्बू तामाङको आसनको माग समाधान गरिदिन्छौ नसुर्ताउनु भनेका छनः पीएस गोले

कञ्चनजङ्घा पर्वत आरोहणको निम्ति गृह मन्त्रालयले लेखेको चिठ्टीलाई गम्भीरतासित लिने बताएका छन्। जसमा उनले भने, सिक्किम पवित्र देवस्थान हो अनि कञ्चनजङ्घा अति पवित्र र महत्वपूर्ण हिमालय हो । अहिले केंद्र सरकारको अनुमोदनमा कञ्चनजङ्घा आवरोहको जुन कुरा छ यो केन्द्र सरकारसंग सल्लाह गरेर बन्द गर्नेछौ । यसको निम्ति म अनि धर्म विभागको मन्त्रीसित दिल्ली गएर देशको गृह मन्त्रीसंग भेट गरी कञ्चनजङ्घामा कोही पनि चढ़न नपाउने कुरालाई यथावत राख्नेछौ ।


गान्तोक, 23 अगस्त। श्रीजंघा याक्थुङ साखिम फुजुङभो-को 39औं स्थापना दिवसको अवसरमा सामाजिक अनि जातीय संस्थालाई राजनीतिदेखि माथि उठाएर अनि राजनीतिलाई पर सारेर काम गर्नुपर्ने राज्यका मुख्यमन्त्री पीएसगोलेले आह्वान गरेका छन्। पश्चिम सिक्किमको थर्पुमा आयोजित कार्यक्रमबाट यस प्रकारको मन्तव्य पोखे। मुख्य अतिथिको आसनबाट बोल्दै तिनले कुनै पनि जातीय संस्था कुनै पनि राजनैतिक पार्टीको नहुने अनि यसलाई राजनैतिक दृष्टिकोणले नहेर्नुपर्ने आह्वान गर्दै पुरानो व्यवस्था अनि सोंचलाई पर सारेर सबै पार्टीका समर्थकहरू जातीय संस्थाको निम्ति एक भएर उपस्थित भएकोमा सरकारको तर्फबाट बधाई दिए। राज्यमा जातीय हितमा काम गर्ने संस्थाहरू धेरै कम भए पनि

श्रीजंघा याक्थुङ साखिम फुजुङभो-ले धेरै अघिदेखि कार्य गर्दै आइरहेको उल्लेख गरे। जातिको उत्थान हेतु संगठनका अध्यक्ष सरकारसँग नजिक भएको व्यक्ति होइन तर संगठनलाई अघि लैजान दक्ष व्यक्ति हेरेर राखिनुपर्ने मुख्यमन्त्री पीएस गोलेले आह्वान गरे। यसैगरी, पूर्व एसडीएफ सरकारले चाहेको भए 2006-मा नै लिम्बू तामाङलाई आसन दिनसक्ने तर त्यस समय देशभरी पुनर्सीमाङ्कन आयोगले कार्य गरिरहेको समयमा पनि तीन महीनाभन्दा अधिक त्यसताकको सरकारले कानमा तेल हालेर बसेपछि लिम्बू तामाङ आफ्नो अधिकारबाट वञ्चित हुनपरेको राज्यका मुख्यमन्त्री पीएस गोलेले दावी गरे।

श्रीजंघा याक्थुङ साखिम फुजुङभोको 39औं स्थापना दिवसको अवसरमा मुख्यमन्त्रीले यस कुराको खुलासा गरेका छन्। उनले वर्तमान सरकारले भने आफ्नो घोषणा पत्रमा मात्र होइन त्यसलाई कार्यमा उतार्न पहल शुरु गरिसकेको जानकारी गराउँदै हालै 16 अगस्तको दिन दिल्ली भ्रमणमा गएको समयमा मुख्यमन्त्री पीएस गोलेले लिम्बू तामाङलाई आसन आरक्षण दिनुपर्ने कुरा पेश गरेपछि गृहमन्त्रीले यसबारे नसुर्ताउनु हामी समाधान गरिदिन्छौं भनेर आश्वासन दिएको जानकारी गराए। लिम्बू तामाङले आसन आरक्षण पाउँदा अन्य जाति डराउनु नपर्ने जनाउँदै मुख्यमन्त्री पीएस गोलेले भोटिया-लेप्चाको आसन सुरक्षित रहने साथै अन्य जातिलाई पनि संरक्षण दिन राज्य सरकार कटिबद्ध रहेको बताए। यसैगरि  उनले कञ्चनजङ्घा पर्वत आरोहणको निम्ति गृह मन्त्रालयले लेखेको चिठ्टीलाई गम्भीरतासित लिने बताएका छन्। जसमा उनले भने, सिक्किम पवित्र देवस्थान हो अनि कञ्चनजङ्घा अति पवित्र र महत्वपूर्ण हिमालय हो । अहिले केंद्र सरकारको अनुमोदनमा कञ्चनजङ्घा आवरोहको जुन कुरा छ यो केन्द्र सरकारसंग सल्लाह गरेर बन्द गर्नेछौ । यसको निम्ति म अनि धर्म विभागको मन्त्रीसित दिल्ली गएर देशको गृह मन्त्रीसंग भेट गरी कञ्चनजङ्घामा कोही पनि चढ़न नपाउने कुरालाई यथावत राख्नेछौ ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया