उत्तर बङ्गाल विकास विभागद्वारा कालेबुङको विकासको निम्ति सरकारलाई पाँचवटा परियोजनाको प्रस्ताव(भिडियोसितै)

अमरसिंह राई अनुसार विभागद्वारा कालेबुङको पारसमणि मार्केटलाई बढोत्तरि गरेर आधुनिक मार्केट बनाउने, मेलाग्राउण्डलाई मल्टीपर्जोप स्पोर्ट सस्टेडियम बनाउने, स्किल डेभ्लोप्मेन्ट सेन्टरको निर्माण, फूड प्रोसेसिङ सेन्टरको निर्माण अनि कालेबुङ जिल्ला अस्पताललाई मल्टी स्पेसियालिटी हस्पिटल बनाउने प्रस्ताव सरकारलाई बुझाइएको छ।


कालेबुङ, 28 अगस्त: उत्तर बङ्गाल विकास विभागले कालेबुङ जिल्लाको विकासको निम्ति प्रमुख रूपमा पाँचवटा प्रस्ताव सरकारलाई बुझाएको छ। गत लोकसभा चुनाउपछि उत्तर बङ्गाल विकास विभागका अध्यक्षका रूपमा पश्चिम बङ्गाल सरकारद्वारा मनोनित भएका अमरसिंह राईले आज कालेबुङ भ्रमणअवधि कालेबुङको विकासको निम्ति विभागले सरकारलाई बुझाएको प्रस्तावहरू सार्वजनिक गरेका छन्।

अमरसिंह राई अनुसार विभागद्वारा कालेबुङको पारसमणि मार्केटलाई बढोत्तरि गरेर आधुनिक मार्केट बनाउने, मेलाग्राउण्डलाई मल्टीपर्जोप स्पोर्ट सस्टेडियम बनाउने, स्किल डेभ्लोप्मेन्ट सेन्टरको निर्माण, फूड प्रोसेसिङ सेन्टरको निर्माण अनि कालेबुङ जिल्ला अस्पताललाई मल्टी स्पेसियालिटी हस्पिटल बनाउने प्रस्ताव सरकारलाई बुझाइएको छ।

‘हामीले पहिलो चरणमा कालेबुङको निम्ति यी प्रस्तावहरू सरकारलाई बुझाएका छौँ’-राईले भने, ‘यदि सरकारले हाम्रो प्रस्ताव मान्यो भने उत्तर बङ्गाल विकास विभागद्वारा नै हामी यसको डीपीआर बनाउनसक्छौँ।’

उत्तर बङ्गाल विकास विभागका अध्यक्षका रूपमा पहिलोचोटी कालेबुङ आएका राईले आज गोजमुमो नेतृत्वहरू एवं नगरपालिका अध्यक्ष रवि प्रधानसित पनि बैठक गरे।

यस बैठकमा नगरपालिकाले कालेबुङको सिवेज लाइन, मल्टी स्टोरेज गोर्खा भवनको निर्माण, पार्किङ अनि पानीको व्यवस्थापनको लागी तयार पारिएका डीपीआरहरू साथै प्राइवेट लगानीकर्ताहरूले शुरू गरेको कालेबुङ सपिङ मलको चित्र अध्यक्ष राईलाई बुझाइको छ। पानी व्यवस्थापनका निम्ति पहिलेबाट नै आफूहरूले कलकत्तामा डीपीआर बुझाएको अनि स्वीकृत हुनसक्ने दावी गर्दै राईले सबै प्रोजेक्ट पूरा गर्न सम्भव नरहे पनि विभागबाट हुनसक्ने सक्दो कामहरू गर्ने आशय पोखेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया