रेल मन्त्रीलाई सासंद राजु विष्टको पत्र: बनबासीहरूको समस्या समाधान नभएसम्म रेलवेको काम रोक्नुपर्ने माग

कालेबुङ, 29 अगस्त: सिक्किमलाई देशको रेलवे मानचित्रमा जोड्ने सेभोक-रम्फू रेलवे लाइन परियोजनाको कारण प्रभावित बनबासीहरूका पक्षमा दार्जीलिङका सासंद राजु विष्टले केन्द्रिय रेल मन्त्री पिउस गोएललाई पत्रचार गरेका छन्।

सासंद विष्टले हिमालयन फरेस्ट भिलेजर्स अर्गनाइजेसनको पत्रको प्रतिलिपिसितै आफ्नो पत्र पनि रेलमन्त्रीलाई पठाउँदै बनबासीहरूको समस्या समाधान नभएसम्म सेभोक-रम्फू रेलवे लाइनको काम बन्द राख्न आग्रह गरेका छन्।

रेलवे परियोजनाको कारण लगभग 24 वटा बनबस्तीहरू प्रभावित भइरहेको अनि हिमालयन फरेस्ट भिलेजर्स अर्गनाइजेसनको कुरालाई ध्यानमा राख्दै बनबासीहरूको समस्या समाधान नभएसम्म रेलवेको काम रोक्न आग्रह गेरका छन्।

सासंद विष्टले पत्रमा हिमालयन फरेस्ट भिलेजर्स अर्गनाइजेसनलाई उल्लेख गर्दै भने अनुसार सम्बन्धित ग्राम सभाहरूको कुनै पनि परामर्ष नलिइ रेलवे परियोजनाको काम भइरहेको छ। जबकी रेलवे परियोजना शुरू हुनअघि नै बनअधिकार ऐन लागु गर्नुपर्ने सङ्गठनको माग रहेको कुरा पनि पत्रमार्फत मन्त्रीलाई अवगत गराइएको छ।

सासंद विष्टमार्फत हिमालयन फरेस्ट भिलेजर्स अर्गनाइजेसनले पनि रेलमन्त्रीलाई लेखेको पत्रमा सेवक-रम्फू रेल परियोजनाका लागि प्रशासनले वनबस्तीवासीको अधिकारलाई मिचेर कार्य गरिरहेको अनि यस्ता गैरकानुनी कार्यलाई यथाशीघ्र रोक्नका साथै क्षेत्रका वनबस्तीवासीलाई न्याय दिनुपर्ने माग गरिएको छ।

महासचिव लीला कुमार गुरुङले एक प्रेस विज्ञप्तिमार्फत जनाए अनुसार ज्ञापनमा अर्गनाइजेसनले क्षेत्रका १६८ वटा वनबस्तीवासी परिवारलाई रेल परियोजनाकै कारण प्रशासनले जबर्जस्ती उच्छेद गर्ने कोशिश गरिरहेको र यो सोझै वनाधिकार अधिनियम-२००६ को उलङ्घन रहेको अवगत गराएको छ।

यसका साथै रेल मन्त्रीलाई पत्रमा वनाधिकार अधिनियम बङ्गाल सरकारले अझै पनि दार्जीलिङ र कालेबुङ जिल्लामा लागु नगरेको पनि उल्लेख पनि गरिएको छ।

‘वनाधिकार कानुन २००६, जो २०१२ केही संशोधित भएर वनबस्तीलाई राजस्व भूमिमा परिवर्तन गरिनुपर्ने जनजाति मन्त्रालयले आदेश दिएको छ’-गुरुङले भनेका छन्, ‘तरैपनि दार्जीलिङ र कालेबुङ जिल्लामा बनाधिकार अधिनियमको ठाडो उलङ्घन भइरहेको छ।’

गुरुङले जीटीएद्वारा पुलिस प्रशासन अघि लगाएर बनबासीहरूलाई उच्छेद गर्ने प्रयास भइरहेको कुरा पनि मन्त्रीलाई पत्रमार्फत अवगत गराइएको बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया