नवजात शिशुको शव झोलामा

कालेबङ, 30 अगस्त: कालेबुङको 9 माईल परिसरमा भर्खरै जन्मिएकी शिशु बालिकाको शव फेला परेको छ। रेकभेल एकाडेमी स्कूलको मुनीतिर नवजात शिशुको शव फालिएको देखेपछि स्थानीय भेला भएका थिए। थाङ्नामा लपेटेर अनि प्लास्टिङको झोलामा हालेको मृत्यु अवस्थाको शिशु फेला परेपछि स्थानीयले पुलिसलाई खबर गरेका थिए।

कालेबुङ थाना प्रभारी अनिन्नो भट्टचार्यले शवको प्रकृति हेर्दा एकदिन अघि जन्माएर फालेको जस्तो देखिएको बताए। सरकारले छोरी बचाउँ, छोरी पढाउँ, कन्याश्री, रूपाश्री जस्ता धेरै योजनाहरू अघि ल्याइरहेको अवस्थामा यसप्रकारको घटना हुनु दुखदायी रहेको बताउँदै यस्तो घटना समाजमा हुनु नहुने बताए।

नानीको शव पोष्टमर्टमको निम्ति पठाइएको छ भने घटनामा संलग्नलाई पक्राउ गर्न पुलिसले भरसक कोशिश गर्ने थाना प्रभारी भट्टाचार्यले बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया