नारी सशक्तिकरणको उद्देश्य राखेर खरसाङमा तीज पर्व धुमधामले पालन

खरसाङ, 31 अगस्त : खरसाङ खण्ड अन्तर्गत घैयाबारी ग्राम पञ्चायत एकको सिकाराम स्वनिर्भर दलको आयोजनामा खरसाङ बजारको पार्क लोकेशनस्थित सार्वजनिक भवनमा नारी सशक्तिकरणको उद्देश्य राखेर तीज पर्व धुमधामले पालन गरिएको छ । यस तीज पर्व अन्तर्गत नारी सशक्तिकरणको विषयसहित तीज सामारोह सम्पन्न भयो । उक्त कार्यक्रमको अध्यक्षता गोर्खा सांस्कृतिक संस्थान् खरसाङको सभापति एंव भारतीय गोर्खा परिसंघ खरसाङ आञ्चलिक समितिकी सभापति आशा मुखिया लामाले गरेकी थिइन् भने दार्जीलिङ सेवा संस्थानकी प्रमुख शशी योञ्जन प्रमुख अतिथिको रूपमा उपस्थित थिए ।

कार्यक्रममा विशिष्ट अतिथिको रूपमा जीटीए बिओए सदस्याद्वय जैतुन निशा र अनु प्रधान लगायत गायिका सुचिता खाती, आप्पा नेपाली फिल्मकी नायिका एलोना सादा, नृत्यकार अरपिता दास गुप्ता, घैयाबारी ग्राम पञ्चायत एकको सहायक कार्यकारी मोना स्याङ्देन साथै अन्यहरू उपस्थित थिए । उषाकिरण सत्यदर्शीले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण राखिएको सीताराम स्वनिर्भर दलको प्रतिनिधिहरूले राखेका थिए । कार्यक्रममा सक्किमबाट आएकी गायिका शर्मिला विश्वकर्मले दुईवटा गीतहरू गाइन् । उनको तीजको गीतमा सबै नारीहरू कम्मर मर्काई मर्काई नाँचेका थिए। कार्यक्रममा लोक गायिका सुचिता खातीले गीतहरू प्रस्तुत गरेका थिए भने नारी कलाकारहरूले नृत्य , गीत, कविता प्रस्तुत गर्नुको साथै लगायत नारी सशक्तिकरणको विषयमा वक्तव्य पनि राखेका थिए । कार्यक्रममा आप्पा नेपाली फिल्मकी नायिका एलोना सादा लेप्चाले नि नारी सशक्तिकरणको विषयमा वक्तव्य राखेका थिए । कार्यक्रमको मुख्य आकर्षण नै नानीहरूलाई लिएर क्याटवर्ग राखिएको थियो जसमा उपस्थित नारीहरूले सहभागिता जनाएका थिए । कार्यक्रममा सहभागी बनेका कलाकार नारीहरूलाई पारितोषिक वितरण पनि गरिएको थियो ।

कार्यक्रमपछि पत्रकारहरूलाई सम्बोधन गर्दै आयोजक समितिको तर्फबाट सुष्मिका पाख्रीनले हामीले यो कार्यक्रम नारी सशक्तिकरणको उद्देश्य राखेर गरेका थियौं जुन सफल बताइन् । उनले घैयाबारी ग्राम पञ्चायत एकको सिताराम स्वनिर्भर दलद्वारा यो कार्यक्रम आयोजना गरिएको र यसमा सिलगढी, सुकना, दार्जीलिङ, कालेबुङ, सिक्किम, खरसाङ क्षेत्रबाट नारीहरू उपस्थित भएको जनाउँदै कार्यक्रम सफल भएकोमा सबैलाई धन्यवाद पनि दिएकी छन् । उनले आफुहरू नारी सशक्तिकरणको लागि अघि आएको बताउँदै कार्यक्रममा धेरै क्षेत्रको विशिष्ट नारीहरू पनि उपस्थित रहेको बताइन् ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया