विमल गुरुङले दार्जीलिङका जनप्रतिनिधिलाई वास्तविकता बुझ्न आसाम पठाउने

कालेबुङ, 2 सितम्बर:  एनआरसीको कारण प्रभावित गोर्खाहरूको वास्वविकता बुझ्न गोजमुमो अध्यक्ष विमल गुरुङले दार्जीलिङका सासंद अनि विधायकहरूलाई असम पठाउने निर्णय गरेका छन्। असममा 1 लाख गोर्खाहरूको नाम एनआरसीमा छुटेको खबरपछि गोजमुमो अध्यक्ष विमल गुरुङले एउटा प्रेस विज्ञप्ति जारी गर्दै असमका गोर्खाहरू एनआसरीबाट बाहिर हुनु नहुने अडान स्पष्ट गरेका छन्।

‘दुई शतकभन्दा अधिक असमको भूमिलाई सेवा पुऱ्याएका अनि आजको वर्तमान समयमा असमको समाज, अर्थनीति अनि विकासको निम्ति अहम भूमिका निभाईरहेका गोर्खाहरू एनआरसीबाट बाहिरिनु हुँदैन भन्ने हाम्रो अडान छ’-गुरुङले एउटा प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘खाँटी भारतीय गोर्खाहरू एनआरसीबाट छुटेको हुनुहुँदैन भन्ने अभिप्रायमा चाँड़ै नै हामीले हाम्रा दार्जीलिंग पहाडका निर्वाचित जनप्रतिनिधिगण (विधायकहरू अनि सांसद) लगायत पार्टीका प्रतिनिधिहरूलाई असम राज्यमा वास्तविकता बुझ्नु पठाउने निर्णय गरेका छौँ।’

दार्जीलिङका जनप्रतिनिधिहरूले सही तथ्य बुझेर सही स्थानमा यस मामिलालाई पुऱ्याउने कुरामा आफूहरू विश्वस्त रहेको भन्दै गुरुङले भनेका छन्, ‘हामी सदैव जाति, न्याय अनि सत्यको पक्षमा उभिने छौँ भन्ने प्रतिवद्धता असमेली समाजलाई जनाउन चाहन्छौँ।’

गुरुङले विज्ञप्तिमा अझ भने अनुसार मोर्चाले असममा लगायात नजर राखिरहेको छ।

‘भारत देश स्वाधिन हुन युगौं अघिदेखि नै गोर्खाहरू त्याहाँको माटोमा थिए। असमको सन्दर्भमा गोर्खा इतिहास हेर्नु हो भने बिट्रिस इस्ट इण्डिया कम्पनीले सन् १८१७ मा कटक लिजन भन्ने सेनाको कम्पनी असम लगेदेखि नै गोर्खाहरूको असमसँगको सम्वन्ध रहीआएको इतिहासले बताउँछ’-गुरुङले भनेका छन्, ‘ यस कटक लिजनलाई नै पछि असम लाइट इन्फेन्टरी नाम दिइएको थियो जसमा भएका गोर्खा सेनाले सिलहट अपरेशनमा युद्ध लड़ेका थिए। यसले प्रमाणित गर्र्दछ असमको समाजमा गोर्खाहरूको सम्वन्ध लगभग २ सय वर्षभन्दा अधिक समयदेखि छ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया