एनआरसीको कारण पहाडमा पनि डरलाग्दो स्थिति सृजना हुनसक्छ-मोर्चा

कालेबङ, 2 अगस्त: यदि पश्चिम बङ्गालमा पनि एनआरसी लागु गरेर आसाम सरह हजारौँ गोर्खाहरू छोडिएको खण्डमा दार्जीलिङ पहाडमा पनि डरलाग्दो स्थिति सृजना हुनसक्ने गोर्खा जनमुक्ति मोर्चा विनय तामाङपक्षले चेताउनी दिएको छ। गोजमुमो कालेबुङ जिल्ला समितिका प्रवक्ता भुवन पी. खनालले आज एउटा पत्रकार सम्मेलनको आयोजना गर्दै एनआरसीलाई लिएर सरकारले जनतालाई असुविधामा पार्ने काम गर्नु नहुने बताएको छ।

‘एनआरसीले व्यापक अन्योलता सृजना गरेको छ’-प्रवक्ता भुवन खनालले भने, ‘वर्षौदेखि बस्दै आएका आसामका नागरिकहरूमा घर, घडेरीको जुन चिन्ता छ त्यो एकैपल्टमा समाधान हुनपर्ने हो। देशले बनाएको नियमबित्र हाल्दा धेरै नागरिकहरूलाई असुविधा सृष्टि भइरहेको छ। यस्तो असुविधा सृष्टी हुनेखालको काम गर्नु हुँदैन। यदि भोलीको दिनमा बङ्गालमा लागु गरेर पहाडमा पनि यस्तो काम हुन्छ भने पहाडमा फेरि व्यापक विरोधको सामना गर्नपर्ने स्थिति सृजना हुनसक्छ।’

उनले पहाडमा डरलाग्दो स्थिति सृजना हुन नदिन सही मापदण्ड बनिएको हुनपर्ने भन्दै सरकार अनि सासंदलाई पनि माग गरेका छन्।  अर्कोतिर उनले आसाममा 1 लाखभन्दा धेर गोर्खाको नाम छोडिनु चिन्ताको विषय रहेको बताउँदै यसबेला पार्टीभन्दा माथि उठेर सोच्न आग्रह गरे। उनले भावीपीडिका निम्ति र गोर्खाको भविष्यको निम्ति यो आत्ममन्थन गर्ने समय रहेको बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया