गान्तोकमा 59औं प्रजातन्त्र दिवस

गान्तोक, 2 सितम्बर। सिक्किममा बसोबासो गर्ने तिब्बती समुदायले प्रवासमा पनि प्रजातान्त्रिक मूल्य मान्यतालाई पावन दलाई लामाको कुशल नेतृत्वमा 1960 सालमा तिब्बती परम्परा, संस्कार र संस्कृतिलाई जगेरा गर्नको निम्ति प्रथम चुनावी प्रक्रियामार्फत तिब्बतीहरूको प्रवासी सरकार गठन गर्न सक्षम भएको दिनलाई लिएर पालन गर्ने प्रजातन्त्र दिवस यहाँको छोकासुम प्रेक्षागृहमा पालन गऱ्यो। तिब्बती प्रवासी सरकारको स्थानीय तिब्बतीय संसद के अध्यक्ष आचार्य रिञ्जिङ मुख्य अतिथि तथा विशिष्ठ अतिथिको रूपमा भारत-तिब्बत सहयोग मञ्चका सिक्किम राज्य अध्यक्ष रूद्र पौडेल रहेका थिए। कार्यक्रममा बिहान चानमारीको सेरा गुम्पामा पुजा अर्चना पछि दोस्रो चरणको कार्यक्रममा प्रजातन्त्र दिवसको अवसरमा प्रवासी तिब्बत सरकारले जारी गरेको सन्देश पठन गरियो। जसमा पावन दलाई लामाले प्रजातन्त्रको निम्ति गरेको वकालतको व्याख्यान सहित 1991 देखि तिब्बती प्रवासी सदनको गठन प्रक्रियाबारे पनि अवगत गराइएको तथा पश्चिमी देशहरूबाट पनि तिब्बती डायसफोरालाई समेटिएको एवं सदनमा महिला प्रतिनिधिलाई पनि चयन गरिएको विषयमा उल्लेख गरिएको छ। प्रजातन्त्र दिवस पालनासितै अहिले मूल तिब्बतको आन्तरिक भागमा के भइरहेको छ भन्ने कुरालाई पनि संस्मरण गरिएको  तथा अहिले आफूहरूले प्रजातन्त्र उपभोग गर्न पाइरहेको तर चीनद्वारा अधिकृत तिब्बती स्वयत्ता प्रदेश (टीएआर) मा दण्ड दिने र मानव अधिकार निरन्तर हनन भइरहेको अनि आफ्नो पर्यावरण संरक्षण एंव भाषा संरक्षण तथा वाक स्वतन्त्रतासमेतमा प्रतिबन्धित गरिएको कुरा उल्लेख गरिएको छ। यसैगरि लातभियामा भएको  विश्वको 13वटा राष्ट्रमा रहेका तिब्बती सदनका प्रतिनिधिहरूको 7औं विश्व सांसदहरूको सम्मेलनले तिब्बती नागरिकहरूको अधिकारीको निम्ति ऐक्यबद्धता जाहेर गरेको विषयमा पनि  खासांगमा उल्लेख गरिएको छ।

कार्यक्रममा नेपाली, हिन्दी तथा तिब्बती साँस्कृतिक कार्यक्रम आयोजन गरिएको थियो भने कार्यक्रमलाई मुख्य अतिथि र विशिष्ठ अतिथिहरूले पनि सम्बोधन गरेका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया