
गेजिङ ०२ सेप्टेम्बर। भारत नेपाल सिमा क्षेत्र नजिक पर्यटकहरुको मुख्य केन्द्रविन्दु उत्तरे बजारमा अहिलेसम्म कुनै ब्याङ्कको सुबिधा नभए पछि यहाँका आम जनताको मागलाई ध्यानमा राख्दै समष्टि प्रभारी पुर्णहाङ सुब्बाको अगुवाईमा रहेको अभियान थालेपछि माग पूरा हुने भएको छ। आज उत्तरेको बाजारमा केही दिन भित्रमै सिक्किम राज्य ब्याङ्कले आफ्नो शाखा कार्यालय खोल्ने जमर्को गर्दै आज सिक्किम राज्य बैंक गान्तोकको मुख्य कार्यलय शाखाले बजारमा सर्बे गर्दै घरहरू र अन्य सुबिधाहरुको नापजोख गर्दै जानकारी लियो।
ब्याङ्कको निम्ति प्रयोग गरिने घर र कोठाको निरीक्षण गर्दै नाप जोख पनि गरिएको छ। यहाँ स्टेट ब्याङ्कको शाखा कार्यालय स्थापित भएपछि यस भेगका आम जनताहरुको निम्ति अत्यन्त लाभदायक साबित हुनेछ। स्मरण गराइन्छ ,८० रुपैया बत्तीको बिल भुक्तान गर्न १०० रुपैया गाडी भाडा तिरेर देन्ताम जानुपर्ने समस्या भोग्दै आएका जनताले २०रु को धुरी खजना तिर्न दिनभरी देन्ताममा अलमलिनु पर्ने छैन। ५०० रुपैया नरेगाको पैसा निकाल्नु दुई दिनसम्म देन्ताम झर्नुपर्ने झन्झटबाट छुटकारा मिल्नेछ। समग्रमा भन्नुपर्दा उत्तरेमा यो ब्याङ्क संचालन हुनु भनेको यहाँको जनताले एउटा कालखंड पार गर्नु जतिकै हो। यो सराहनीय कार्यको निम्ति लगातार रुपमा यसै क्षेत्रका प्रभारी पुर्णहाङ सुब्बाको लगातार प्रयासमा कार्य सफल भएकोमा मानेबुङ-सोपाखा जि.पि.यु.को समस्त गाउँलेहरुको तर्फबाट प्रभारी श्री सुब्बालाई धन्यवाद पनि दिएका छन् । यस भेगमा अहिलेसम्म ब्याङ्कको सुबिधा नपाउँदा पर्यटन, साथै आम जनतालाई धेरै समस्या झेल्नुपरेको थियो ।(केएन शर्मा)