माइलल्याङ लेप्चा विकास बोर्डको आठौँ स्थापना दिवस: एलएस ताम्साङले भने, ‘ तृणमूलको सरकार आएपछि मात्र लेप्चाहरूको विकास भयो

ताम्साङको दावी छ आज लेप्चाहरूलाई आफ्नो घरको छाना चुह्यो, घर भत्कियो, झोपडीमा बस्नुपऱ्यो भनेर सुर्ता छैन। आठ वर्षभित्र 6 हजार लेप्चाहरूको नयाँ घर बनिएको छ। लेप्चाभाषी गाउँहरूमा 210 वटा नाइट स्कूलहरू निर्माण भएको छ। विभिन्न ठाउँहरूमा सिचाइ, झोडानाला इत्यादिको काम भइरहेको छ। 90 प्रतिशतभन्दा धेर अङ्क ल्याउने विद्यार्थीहरू जन्माउन सफल बनिरहेको छ। भाषा-साहित्यको संरक्षण सम्बर्द्धनका दिशामा बोर्डले काम गरिरहेको छ। पुस्तकहरूको प्रकाशन बढेको छ। बङ्गला, नेपाली अनि अङ्ग्रेजीबाट लेप्चा भाषामा अनि लेप्चा भाषाबाट बङ्गला, नेपाली अनि अङ्ग्रेजीमा अनुवादमा कामहरू धरै भइरहेको छ।


कालेबुङ, 3 सितम्बर: ‘1947 सालमा भारत स्वतन्त्र भयो, त्यसपछि बङ्गालमा कङ्ग्रेस आयो, त्यसपछि सीपीएम आयो। त्यसपछि ममता ब्यानर्जीको नेतृत्वमा तृणमूल कङ्ग्रेसको सरकार आएपछि मात्र हामी लेप्चाहरूको विकास भयो।’

माइल्याङ लेप्चा विकास बोर्डको आठौँ स्थापना दिवसको अवसरमा बोर्डका अध्यक्ष एलएस ताम्साङले राज्यमा तृणमूल कङ्ग्रेसको सरकार आएपछि मात्र दार्जीलिङ पहाडका लेप्चाहरूको विकास सम्भव भएको दावी गरे।

पश्चिम बङ्गाल लेप्चा सांस्कृतिक एवं विकास बोर्ड गठनको आठौँ स्थापना दिवस आज यहाँको पुदुङमा अवस्थित खदलेमा भव्य समारोहमाझ पालन गरिएको थियो। यस अवसरमा बोर्ड अध्यक्ष ताम्साङले बोर्डमार्फत लेप्चाहरूको भौतिक, सामाजिक, सांस्कृतिक एवं भाषिक विकासहरू भइरहेको दावी गरे।

‘ममता ब्यानर्जी आउनभन्दा पहिला लेप्चाहरूको कुनै प्रकारको विकास हुन सकेको थिएन, हामीले कुनै सहयोग पाएका थिएनौँ’-ताम्साङले भने, ‘हामी अन्धकारमा थियौँ, सायद 17-18औँ शताब्दीमा थियौँ। अहिलेको विकास हेर्दा 21 औँ शताब्दीमा नपुगेपनि हामी 20 औँ शाताब्दीतिर पुगेका छौँ।’

ताम्साङको दावी छ आज लेप्चाहरूलाई आफ्नो घरको छाना चुह्यो, घर भत्कियो, झोपडीमा बस्नुपऱ्यो भनेर सुर्ता छैन। आठ वर्षभित्र 6 हजार लेप्चाहरूको नयाँ घर बनिएको छ। लेप्चाभाषी गाउँहरूमा 210 वटा नाइट स्कूलहरू निर्माण भएको छ। विभिन्न ठाउँहरूमा सिचाइ, झोडानाला इत्यादिको काम भइरहेको छ। 90 प्रतिशतभन्दा धेर अङ्क ल्याउने विद्यार्थीहरू जन्माउन सफल बनिरहेको छ। भाषा-साहित्यको संरक्षण सम्बर्द्धनका दिशामा बोर्डले काम गरिरहेको छ। पुस्तकहरूको प्रकाशन बढेको छ। बङ्गला, नेपाली अनि अङ्ग्रेजीबाट लेप्चा भाषामा अनि लेप्चा भाषाबाट बङ्गला, नेपाली अनि अङ्ग्रेजीमा अनुवादमा कामहरू धरै भइरहेको छ।

‘बोर्डको प्रमुख उद्देश्य भनेको पहाड अनि लेप्चाको विकास हो’-ताम्साङले भने, ‘मुख्यमन्त्रीले गरिरहेको विकासको सहयोगको निम्ति हामी उनीप्रति कृतज्ञ छौँ।’

विभिन्न ठाउँहरूबाट सैयौँका सङ्ख्यामा उपस्थित लेप्चा समुदायका मानिसहरूको सहभागिता सम्पन्न समारोहमा लेप्चा समुदायका 112 जना विद्यार्थीहरूलाई छात्रवृत्तिको चेक प्रदान गरिएको थियो। यसै समारोहमा ग्रिन एन्ड क्लिन दार्जीलिङ योजना अन्तर्गत बोर्डले दार्जीलिङ पहाडको 30 वटा थुम सेजुमलाई विभिन्न रूखका विरूवा पनि वितरण गरिएको थियो।

लेप्चा जातिको एकीकरण गीत प्रस्तुतिबाट आरम्भ गरिएको उक्त कार्यक्रममा स्वागत सम्बोधन इल्टाका महासचिव रूमदेन लेप्चाले राखेका थिए। कार्यक्रमलाई बोर्ड उपाध्यक्ष पीटी सिमिक, बोर्ड सदस्य सचिव रिना तारजेन, इल्टा अध्यक्ष दोर्जी टी. लेप्चा आदिले सम्बोधन गरेका थिए। कार्यक्रममा एमएलएलडीबीका सांस्कृतिक विभाग अनि मायलल्याङ एकाडेमीका विद्यार्थीहरूद्वारा गीत, नृत्य आदि प्रस्तुत गरिएको थियो। कार्यक्रममा लेप्चा समुदायका मानिसहरूको धेरै सङ्ख्यामा उपस्थिति रहेको थियो।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन