मानव उत्थान सेवा समितिद्वारा विद्यार्थीहरूलाई पाठ्य सामाग्रीहरू प्रदान

कालेबुङ, 3 सितम्बर: मानव उत्थान सेवा समिति युवा एकाईँ कालेबुङ तहसिलद्वारा माकुङ जुनियर हाई स्कूलका विद्यार्थीहरूलाई पाठ्य सामाग्रीहरू प्रदान गरिएको छ। समितिका परम सदस्य भिभुजी महाराजको निर्देश अनुसार 2017 देखि समितिले ‘मिसन एडुकेसन’-अन्तर्गत देशका विभिन्न ठाउँहरूमा विद्यार्थीहरूलाई पाठ्य सामाग्रीहरू प्रदान गर्दै आइरहेको छ।

यसै क्रममा कालेबुङ खण्ड-1 को सुदुर्वर्ती क्षेत्रमा पर्ने माकुङ जुनियर बेसिक स्कूलका पनि विद्यार्थीहरूलाई खाता, पेन्सिल, रबर इत्यादि प्रदान गरियो। समितिका कालेबुङ तहसिल प्रभारी महेश्वरी बाइजी अनि पूर्णिमा बाइजीको बालुबीट स्कूलका विद्यार्थीहरूलाई सामाग्रीहरू प्रदान गरिएको थियो।

यस अवसरमा समितिबाट गणेश खतिवडा, दुर्गा छेत्री, अकोश लेप्चा साथै सीएसटीका शिक्षक एभीआर परिमल, एसयूएमआईका सचित शर्मा, डा. ग्राह्म्स होम्सका निहारिका कोठारी आदिको विशेष उपस्थिति थियो।

स्कूलका शिक्षक एम तामाङले स्वागत भाषण राखेको कार्यक्रममा युवा तहसिल संयोजक गोविन्द भुजेलले समितिको परिचय अनि मिसन एडुकेसनमाथि प्रकाश पारेका थिए भने समितिका कार्यकर्ता गणेश खतिवडाले विद्यार्थीहरूका निम्ति अभिभावकहरूको जिम्मावारी एवं आध्यात्म र  भौतिक जीवनलाई सँगसँगै कसरी अघाडी बढाउन सकिन्छ भन्ने विषय प्रकाश पारेका थिए। अहिलेसम्म विभिन्न ठाउँहरूमा समितिले विद्यार्थीहरूलाई आवश्यकीय सामाग्रीहरू प्रदान गर्दै आएको छ भने आगामी दिनमा पनि विभिन्न स्कूलहरूमा यसप्रकारको कार्यक्रम आयोजना गरिने समितिका कालेबङ शाखा संयोजक सुसिल गुरुङले बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया