मेस्सी समस्यामा

म्याड्रिड, 24 मई 2017


विश्व फूटबलका चमत्कारी स्ट्राइकर लियोनल मेस्सी समस्यामा परेका छन्। समस्या के हो भने कर छलीको मुद्दा। बुधवार स्पेनी सुप्रिम कोर्टले कर छलीको मुद्दामा मेस्सीले गरेको अपीललाई खारेज गरेपछि नै 29 वर्षीय यी अर्जेण्टिनी सुपरस्टार समस्यामा फँसेको हो।

बार्सिलोनाका स्टार स्ट्राइकरले मेस्सीले प्रायः 4.1 मिलियन डलर कर छलेको भन्दै स्पेनी अदालतले 21 महीना जेल सजाय र 2 मिलियन डलर जरिनामा सुनाएको थियो, जसविरुद्ध मेस्सी अपील गरेको थियो। स्पेनी अदालतले मेस्सीका पिता जर्ज मेस्सीलाई पनि कर छलीको मुद्दामा आरोपी रहेको भन्दै प्रायः 1.7 मिलियन डलर जरिनामा लगाएको थियो। स्पेनी सुप्रिमकोर्टले मेस्सीको अपील खारेज गरेपछि यी स्टार स्ट्राइकरको भविष्य क्याम्प नाउमा अनिश्चित देखिएको छ। गतवर्ष मेस्सीमाथि कर छलीको आरोप लागेपछि यिनले स्पेन छोड़्ने सम्भावना चुलिएको थियो। स्वयं पनि स्पेनसँग असन्तुष्ट देखिएका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन