25 वर्षमा एसडीएफले नगरेको काम सय दिनमा हामीले गऱेका छौः  मुख्यमन्त्री गोले

गान्तोक, 4 सितम्बर। सत्तारूढ सिक्किम क्रांतिकारी मोर्चा पार्टीको  केन्द्रीय कार्यकारिणी समितिको समन्वय सभा राजधानी गांतोक स्थित मनन केन्द्रमा सम्पन्न भयो । पार्टी अध्यक्ष एवं मुख्य मंत्री पी एस गोलेको मुख्य आतिथ्यमा बसेको उक्त सभामा  मंत्रीगण , बिधायकगण , लोकसभा सांसद , बिधान सभा अध्यक्ष , उपाध्यक्ष , मुख्यमंत्रीका सल्लाहकारवर्ग , राजनैतिक सल्लाहकार तथा राज्यका चारै जिल्लाका केंद्रीय समितिका सदस्य/ सदस्याहरुको बाक्लो उपस्थिति रहेको थियो ।

 

बैठकमा सिक्किम क्रांतिकारी मोर्चा पार्टीले सरकार गठन गरेको एक सय दिन पूरा भएकोमा पार्टी अध्यक्ष पीएस गोलेले यी एक सय दिनभित्रमा एसकेएम सरकारले गरेको कार्यहरुको प्रकाश पार्दै एसडीएफ सरकारले यतिका 25 सालसम्म पनि गर्न नसकेको कार्यहरु एसकेएम सरकारले केवल एक सय दिन भित्रमा पहल गरेको छ भनी उपस्थित जनसमुहलाई ज्ञात गराएको एसकेएम प्रचार सचिव रंजना प्रधानले जारी गरेको प्रेस बयानमा उल्लेख भएको छ । कार्यकर्ताहरुले मुख्यमन्त्रीलाई भेट गर्ने समयको जानकारी गराउँदै अब कार्यकर्ताहरुले हफ्तामा चार दिन भेट गर्न पाउने भएको पनि बैठकमा जानकारी गराएको बताइएको छ।  सोमबार, मंगलबार , बुधबार अनि बिहीबार प्रत्येक दिन चार घण्टा मुख्यमन्त्रीले पार्टीका कार्यकर्ताहरुलाई समय दिनेछन् भनि प्रेस बयानमा उल्लेख छ।

आजको सभामा धेरैवटा बिषयहरुमाथि छलफल गरियो अनि पार्टीलाई अझ बलियो बनाउने कुरोहरुमाथि बहस पनि भएको छ ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया