सम्पूर्ण शिक्षकहरूमा शुभकामना तथा बधाईः बिमल गुरुङ

दार्जीलिङ, 5 सितम्बर। गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) का अध्यक्ष बिमल गुरूङले शिक्षक दिवसको अवसरमा सम्पूर्ण शिक्षकहरूलाई शुभकाना एंव बधाई दिएका छन्। उनले एक प्रेस बयान जारी गर्दै भनेका छन्, आज ५ सितम्बरको दिन महान शिक्षाविद् एवं राजनीतिज्ञ तथा भारतका दोस्रो राष्ट्रपति डा० सर्वपल्ली राधाकृष्णनको जन्मदिन हो अनि उहाँको जन्मदिनलाई हामी प्रत्येक वर्ष शिक्षक दिवसको रूपमा पालन गर्दछौं| शिक्षकहरू भनेको राष्ट्र निर्माणको मार्गदर्शक स्तम्भहरू हुन्| उहाँहरूको मार्गदर्शन कै कारणले देशको समाज, राजनीति, अर्थनीति लगायत तमाम कुराहरूले आकार पाएका हुन्| यसैले शिक्षकहरू भनेको बलियो राष्ट्र निर्माणको महत्वपूर्ण व्यक्तित्वहरू हुन् , उनले थपेका छन्। अध्यक्ष गुरुङले  भनेका छन् शिक्षक दिवसको यस पावन अवसरमा म, गोर्खा जनमुक्ति मोर्चाको पक्षमा डा० राधाकृष्णनलाई श्रद्धान्जली चडाउँदै सम्पूर्ण शिक्षकहरूमा शुभकामना तथा बधाई टक्र्याउन चाहन्छु|

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया