एनआरसीको चिन्ता: दार्जीलिङका गोर्खाहरूसित लड्नसक्ने तयारी छैन-हर्कबहादुर छेत्री

‘एकपक्षले लाखौँको सङख्यामा गोर्खाहरू छोडिएको छ भन्दैछ अर्कोपक्षले सरकारलाई बचाउनका लागी गोर्खालाई कही हुँदैन भन्दैछ’-छेत्रीले भने, ‘तर हजारौँ गोर्खाहरू सूचिमा नपरेर चिन्तित भएको हामीले देखिरहेका छौँ। यो ज्वलन्त समस्या हो।’


कालेबुङ, 5 अगस्त: यदि आसामपछि पश्चिम बङ्गालमा पनि एनआरसी लागु भएको खण्डमा दार्जीलिङ पहाडका गोर्खाहरूसित लड्नसक्ने तयारी नरहेको जन आन्दोलन पार्टीका अध्यक्ष हर्कबहादुर छेत्रीले बताएका छन्। केटीभीसितको कुराकानीमा डा. छेत्रीले आसाममा एनआरसी लागु भएपछि त्यहाँका गोर्खाहरू जसरी प्रभावित भइरहेका छन् ठिक त्यही परिस्थिति दार्जीलिङ पहाडमा पनि आउनसक्ने सम्भावना व्यक्त गरेका छन्।

‘अहिले दार्जीलिङ पहाडमा 1950 को पनि कुरा आउँदैछ, त्यो के को आधारमा कुरा हुँदैछ?’-छेत्रीले प्रश्न गर्दै भने, के 1950 अथवा 1947 भन्दा अघाडी दार्जीलिङ पहाडमा अरू कुनै समुदाय थिए र गोर्खाहरू विदेशबाट आएका हुन्? यहाँ पुरै इतिहासलाई नष्ट गर्ने काम हुँदैछ अनि भोलिको दिनमा यस्तो परिस्थिति आए के दार्जीलिङका गोर्खाहरूसित लड्नसक्ने अनि उत्तर दिनसक्ने तयारी छ? छैन।’

उनले भारतीय गोर्खाहरूका लागी यतिको दुःखलाग्दो परिस्थिति अहिलेसम्म नआएको भन्दै उनले यसबेला यहाँका मानिसहरू जनप्रतिनिधिहरूसित मात्र भर नगरेर आफ्नो खुट्टामा आफै उभिन सुझाए।

‘एकपक्षले लाखौँको सङख्यामा गोर्खाहरू छोडिएको छ भन्दैछ अर्कोपक्षले सरकारलाई बचाउनका लागी गोर्खालाई कही हुँदैन भन्दैछ’-छेत्रीले भने, ‘तर हजारौँ गोर्खाहरू सूचिमा नपरेर चिन्तित भएको हामीले देखिरहेका छौँ। यो ज्वलन्त समस्या हो।’

छेत्रीले अझ भने अनुसार एनआरसीको मापदण्डलाई सठीक रूपमा लागु नगरिएको कारण नै आसाममा साधरण मानिसहरूले समस्या भोगिरहेको अनि त्यसमा गोर्खाहरू पनि रहेको बताए। उनले केन्द्र सरकारले देशव्यापी रूपमा एनआरसी लागु गरेपनि अथवा नगरेपनि साधरण मानिसहरूले दुःख पाउनु भनेको सरकारको असफलता रहेको दावी गरे।

उनले आसाममा 1971 लाई कट् अफ् यिर मानिएको अनि बङ्गालमा आउँदा यसको रूप कस्तो हुन्छ सो अस्पष्ट रहेको बताए।  चुनाउलाई हेरेर बङ्गालमा एनआरसी लागु भए गोर्खाहरूलाई केही हुँदैन भन्नेहरू धेरै आएपनि ग्यारेन्टी दिने कोही नरहेको छेत्रीले बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया