“सेवा सप्ताह” अन्तर्गत भाजपाको रक्तदान अभियान

गान्तोक,16 सितम्बर। प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिवसलाई केन्द्र गरेर भारतीय जनता पार्टी (भाजपा) को देशव्यापी रूपमा पालन भइरहेको सेवा सप्ताहकार्यक्रमअन्तर्गत सोमबार सिक्किम राज्यव्यापी रूपमा रक्तदान अभियान सञ्चालन गरियो। रक्तदान नै जीवनदान हो भन्ने आख्यानलाई आत्मसात गर्दै आज भारतीय जनता पार्टी सिक्किमका अध्यक्ष  डीबी चौहानको अगुवाईमा राज्यका सबै जिल्ला अस्पतालमा पार्टी पदाधिकारीहरू एवं कार्यकर्ताहरूद्वारा चारै जिल्लाका जिल्ला अस्पतालमा रक्तदान गरियो। यस क्रममा भाजपा अध्यक्ष चौहान तथा पार्टी पदाधिकारीहरूले पूर्व सिक्किमको सिङताम जिल्ला अस्पतालमा रक्तदान गरे भने नाम्ची, गेजिङ अनि मंगन जिल्ला अस्पतालमा पार्टीका युवा तथा महिला कार्यकर्ताहरूले रक्तदान गरेका छन्। यस अवसरमा कूल 30 भन्दा अधिकले रक्तदान गरेको आँकड़ा प्राप्त भएको छ।

सेवा सप्ताहको चौथो दिन अथवा माननीय प्रधानमन्त्री  नरेन्द्र मोदीको जन्मदिन भोलि 17 सितम्बरमा गान्तोकको चिन्तन भवनमा जन्मोत्सवको राज्यस्तरीय कार्यक्रम सम्पन्न हुनेछ। समारोहमा सहभागिता जनाउन केन्द्रबाट भाजपा राष्ट्रिय महामन्त्री राम माधव सिक्किम आइसकेको छन्। भाजपाको कार्यक्रमबाहेक  महामन्त्री माधवले मनन केन्द्रमा राज्य सरकारद्वारा आयोजन गरिने प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिवस कार्यक्रममा पनि सहभागिता जनाउने कार्यक्रम रहेको प्रवक्ता कमल अधिकारीले जनाएका छन्।  

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन