भाजपा राष्ट्रीय महामन्त्री दुइदिने सिक्किम भ्रमणमा

 

गान्तोक, 16 सितम्बर। भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय महामन्त्री राम माधव समोबारदेखि दुई दिने  सिक्किम भ्रमणमा  आइपुगेका छन्। यसपालीको उनको सिक्किम भ्रमणलाई निक्कै राजनैतिक महत्वका साथ हेरिएको छ। उनको आगमनलाई राजनैतकि दृष्टिले ठूलो महत्वको साथमा हेरिएको छ। उनको यो भ्रमणले सिक्किमको राजनीतिमा नयाँ दिशा तय गर्ने सम्भावनाको अड्कल काटिएको छ। यद्यपी उनी  विशेष रूपले भोलि 17 सेप्टेम्बर, प्रधानमन्त्री  नरेन्द्र मोदीको जन्मदिवसको कार्यक्रममा सहभागिता जनाउन उनी सिक्किम आएका हुन्।  भोलिको कार्यक्रममा भाग लिन भारतीय जनता पार्टीका सिक्किम प्रभारी नीतिन नवीन पनि सिक्किम आइसकेको छन्।

सिक्किम आउने क्रममा आज दिउँसो महामन्त्री माधवलाई बागडोगरा हवाई अड्डामा भाजपा सिक्किमको एउटा टोलीले स्वागत जनाएको थियो। उनी साँझ 6 बजी सिक्किमको प्रवेशद्वार रम्फू आइपुगेका थिए भने  पार्टी प्रदेश अध्यक्ष डीबी चौहानलगायत भाजपा विधायक दल, पार्टी पदाधिकारी अनि कार्यकर्ताहरूद्वारा भव्य स्वागत जनाइयो। गान्तोक आउने क्रममा उनले भाजपाको मुख्य कार्यालय, सिङताममा केही समय बिताए।

महामन्त्री  माधव आज राति रानीपूलस्थित एउटा होटलमा रहनेछन् भने आजै उनले  भाजपा विधायक दल अनि भाजपा सिक्किमको कोर कमिटीसँग अलग-अलग बैठक गर्ने कार्यक्रम छ।

यसै गरी भोलिको कार्यक्रम अनुसार बिहान उनले विभिन्न एनजीओहरूसँग बैठक गर्नेछन् ।  त्यसपछि  भारतीय जनता पार्टीको कार्यकारिणी समिति अनि अन्य पदाधिकारीहरूसँग पनि उनको  महत्वपूर्ण बैठक हुनेछ। यसपछि उनी राज्य सरकारद्वारा गान्तोकको मनन् केन्द्रमा आयोजन गरिने प्रदानमन्त्री  नरेन्द्र मोदीजीको जन्मदिवसको कार्यक्रममा सहभागिता जनाउनेछन्। त्यसपछि 12 बजी गान्तोकको चिन्तन भवनमा प्रधानमन्त्रीको जन्मदिन अन्तर्गत भारतीय जनता पार्टीको राज्यस्तरीय कार्यक्रममा  राम माधव मुख्य अतिथिको रूपमा उपस्थित रहनुहनेछन्। यस अवसरमा राज्यभरिबाट उपस्थित भाजपा पदाधिकारी, विधायकगण एवं कार्यकर्ताहरूलाई सम्बोधन गर्नेछन्।  चिन्तन भवनमा आयोजित जन्मोत्सव समारोहमा सहभागितापछि  भोलि नै नयाँ दिल्ली फर्किने कार्यक्रम रहेको  भाजपा प्रदेश महासचिव एसबी कार्कीले बताएका छन्।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया