
गेजिङ18सेप्टेम्बर । पश्चिम सिक्किममा अविरल हातिसुँडे पानीका कारण पश्चिम सिक्किमको गेजिङ र देन्तामलाई जोड्ने मुल दुवै सडक पुर्णरुपले बन्द भएको छ। गत १४ सेप्टेम्बर देखीनै गेजिङ -देन्तामको मुल सडक बन्द भएको हो यहाँको सोम डाँडामा धेरै बर्ष अघिदेखि चल्दै आएको पहिरोले अहिले अझ उग्र रुपलिदा सडकलाई खुल्ला गर्न हप्ता दिन सम्म लाग्ने देखिएको छ। विशेष रुपले बर्खायामको समय प्रतेक साल यस स्थानमा पहिरो चल्ने कुनै नयाँ कुरा होइन तर यस पाली भने पहिरोले अझ उग्ररुप लिएको छ ।गत १४ सेप्टेम्बर शनिबार बिहानदेखि सडक बन्द रहेको छ । यात्रीहरु पहिरो बाट छिर्न नसकेर पैदल यात्रा गरेर बडो दु:खले पहिरोको माथिल्लो भागबाट हिँड्ने गरेका छन् भने त्यहाँबाट पनि ज्यान जोखिममा राखेर पार गर्नुपर्ने छ ।
यस स्थानमा गत चार -पाँच बर्ष अघिदेखि पहिरो खस्न सुरु भएको हो यस अघि पनि हप्ता – हप्तामा सडक बन्द हुने गरेको हो । यस पाली भने पहिरोले भीषण रुप लिन्दा सडकको नाम निसान नराखी झरेको छ ।अहिले यात्रीहरु ट्राइसिपको माध्यमबाट यात्रा गरिरहेका छन् भने पहिरोको सिरबाट धेरैले लामो बाटो हिड्नुपर्ने स्थिति रहेको छ । यस भेगबाट यात्रा गर्दा अहिले धेरै असुबिधा भएको छ । घर निर्माणको सर सामाग्री रट -सिमेन्ट आदि पनि बडो दुखले तारनुपर्ने स्थिति रहेको छ । स- साना बाल बच्चा अनि भरियाहरुलाइ यहाँ ठूलो संकट परेको छ । पहिरोको स्थितिलाई हेर्दा तिन चार महिनामापनी खोलिने अवस्था छैन भने यस सडकको बैकल्पिक मार्ग जुन लिचिङ -गोलाइ देखी लिङ्चोम भएर आउने हो सो पनि त्यही पहिरोको कारण बन्द रहेको छ । यो पहिरोको बाटोलाई खोल्ने कुनै माध्यम अहिलेसम्म गरेको छैन जस्मा लगातार पहिरो खसेकोले बाटोलाई खान्न सक्ने स्थिति नै रहेको छैन । अहिले पहिरोको स्थितिलाई हेर्नु हो भने सडक नबनिने स्थिति रहेको छ भने मुनि पट्टिको सडकलाई पनि पुर्ण क्षति भएकोले माथीको मुल सडक भन्दा बैकल्पिक सडकलाई मर्मती भए हुन सक्ने सम्भावना रहेको छ।अबिरल वर्षाको कारण यस स्थानमा भयनाक पैह्रो चलेर स्थानीय ६ परिवारलाई ठूलो प्रभाव पारेको छ । केही वर्ष यता नै यो स्थानमा पैह्रो चलेको कारण अहिले सम्ममा दुइवटा बिल्डिङ ध्वस्त बने को छ । यसै पैह्रोले प्रभावित परिवार मध्ये पदम लाल राई, प्रेम कुमार छेत्री, खडक बहादुर छेत्री, सोम निवासी हुन ।
स्थानीयको भनाइ मताबिक गए बर्षमा पनि यो स्थान दबिने र पहिरो जाने संकेत दिनैरहेको हो तर त्यस समय विभागले हेलचेक्र्याइ तरिकाले काम गर्ने गरेको अनि यस स्थानलाई समयमा चासो नलिएको कारण अहिले सडक समस्या बडेको स्थानीयले बताएका छन ।
सोम गाउँको यो गाडे घाउ बल्जिएर अहिले सडकलाई मात्रै होइन स्थानीय धेरै परिवारलाई प्रभाव पारेको छ । सडको विकल्प हुन नसक्ने भएको कारण अहिले यहाँबाट आवतजावत गर्ने सवारीसाधन सहित यात्रीहरूलाई असुविधा भइरहेको बताएका छन । विशेष गरेर जिल्लालाई जोड्ने यो एक प्रमुख मार्ग हो । कलुक रिन्चेनपोङदेखि सोरेङ बडियाखोप, उत्तरेदेखि झाक्रीढुङ्गा सम्मका मानिसहरू जिल्लाको कार्यालय ओहोदामा रहेर गर्नेगर्छन । आजबाट यो पैह्रो जिल्लासग जोडिने विविध कार्यलाई व्यापक वाधा पुराएको छ ।स्थानीय प्रभावित परिवारले जानकारी गराए अनुसार लुङजिकदेखि लिचिङ सम्मको सडक निर्माण कार्यलेलाई चाँडै खुल्ला गरे केही समस्या समाधान हुने थियो । बैकल्पिक मार्ग लिचिङ – लुङ्जिक सडकको प्रधानमन्त्री ग्राम सडक योजना अन्तरगत खनिएको यस सडकको कार्पेटिङ टेण्डर २०१६ को नोभेम्बर महिना भएको हो तर अहिले मौसमको कारणले गर्दा स बैकल्पिक सडक पनि बन्द रहे पछि सोरेङ, देन्ताम, बर्मेकबाट सरकारी कार्यलय गेजिङ धाउनेले अब कुन तरिकाले आफ्नु कार्यलय धाउने हो यो अझ ठूलो समस्य बनेको छ। बिभागको पक्षबाट कुनै सक्रियता भने देखिएको छैन , अब दसैंको समय अनि पर्यटकहतुको आगमनको समय शुरु हुँदै छ भने यस बिषयमा प्रशासन पक्षबाट कडा निगरानी राखिदिने अनुरोध गरेको छ। (केएन शर्मा)