मन्त्री गौतम देवलाई निरज जिम्बाको जवाब: भने ‘एनआरसीभन्दा भन्दा टीएमसी खतरा मैले त्यसै भनेको होइन’

एनआरसीभन्दा भन्दा टीएमसी खतरा मैले त्यसै भनेको होइन। यसपालिको राजनैतिक हारदेखि पागल बनेका मन्त्री महोदयले अत्तालिएर जे फलाक्दैछन् त्यसको चक्रव्यूहमा उनी आफै परी सकेका छन्। उत्तर दिनु भन्दा नदिनुमा डिसटिक्सन् पाउने परीक्षा यो हाम्रो तर मन्त्री महोदयका प्रश्नहरूका जवाब मैले लेखिन भने उत्तर भन्दा ठूलो प्रश्न सम्झेला कि भन्ठानेर जवाब दिँदैछु।


निरज जिम्बा

विधायक, दार्जीलिङ।

हुनु त मन्त्री गौतम देवले जत्ति यस्ता नपच्ने र राजनैतिक अपरिपक्व बयान दिन्छन् हामीलाई उत्तिनै राजनैतिक फायदा हुन्छ। उनका भारेद्वारहरूले यसलाई सच्याउन लाखौँ कोशिश गर्नेछन् अब। एनआरसीभन्दा भन्दा टीएमसी खतरा मैले त्यसै भनेको होइन। यसपालिको राजनैतिक हारदेखि पागल बनेका मन्त्री महोदयले अत्तालिएर जे फलाक्दैछन् त्यसको चक्रव्यूहमा उनी आफै परी सकेका छन्। उत्तर दिनु भन्दा नदिनुमा डिसटिक्सन् पाउने परीक्षा यो हाम्रो तर मन्त्री महोदयका प्रश्नहरूका जवाब मैले लेखिन भने उत्तर भन्दा ठूलो प्रश्न सम्झेला कि भन्ठानेर जवाब दिँदैछु। काँडेतार छिरेर आउने बङ्गलादेशीमा हजुर चिन्तित भएको राम्रो। एनआरसी लागु भए पहाड होइन सिलगडी रित्तो हुने सम्भावना छ। त्यसबाट हजुर पनि अछुत रहनु हुन्न है। होशियार। गडी भनेको किल्ला अनि किल्ला गाँडने चै योद्धाहरू हुन्छन् है। योद्धा चै गोर्खाहरू। शिला भनेको ढुङ्गा हो अनि गडी भनेको किल्ला। यसैले सिलगडी पनि गोर्खाको हो। सीपीएमको समयमा काँडेतारबाट बङ्गलादेशी छिराउनु अघि सिलगडीको मेयर पनि सुब्बा साहब थिए नि। हजुरले आफ्नो इतिहास पढ्नु। हाम्रो इतिहास हामीलाई नसिकाउनु। दुई-चार गद्दार र चम्चेहरूका आडमा हाम्रो इतिहास कसैले मेटनु सक्दैन।

गोर्खाहरूका यो भूभाग भारतमा अहिलेसम्म कानुनी तौरमा नगाभिएका इतिहास पढ्नेहरूमा मन्त्री साहब पटक्क पर्दैन रहेछन्। यसको सुनवाई गर्दा भारतको उच्च अदालतसम्मले यो राजनैतिक विषय हो र यसलाई चाँडो भन्दा चाँडो भारतमा अन्तरर्भुक्त गर्नुपर्छ भन्ने कुराहरू पनि छन्। हजुरका बयान-वाजीले गोर्खाहरूलाई विदेशीका उपमा दिने दुष्प्रयास् गरी रहनु भएको गेर्खाहरूले अनुभूति गर्दैछन्। 80 देखी 90 हजार गोर्खाहरू एनआरसीबाट छाडिएका छन् आसाममा तर आसामका मुख्यमन्त्री स्वयंले यसको विषयमा सुर्ताउनु पर्दैन भनेर भन्दैछन् भने बङ्गालका मन्त्रीले चाहीँ किन र केसको आधारमा हामीलाई विदेशीका लाञ्छना लगाएर लखेटिने खालका वयान दिँदैछन्। गद्दारबाहेक हरेक गोर्खाले यो प्रश्न गर्दैछन्। बङ्गलादेशबाट आएका अनुप्रवेशकारीहरूले यहाँका रैथानेहरूका जनसङख्या कम पारेर टीएमसी को भोट ब्याङ्क बनेर काम गरी रहेका किन उल्लेख गर्दैनन् त? NRC केही होइन हाम्रो लागि तर बङ्गलादेशी हटेपछि भोट हार्ने भयले टीएमसी थुरथुर भएका मात्र हुन्। भारतका संसद परिसरमा दुर्गा मल्लका मुर्तिले बताउँछन् हाम्रा देन।

“भारत भाग्य विधाता “भनेर हाम्रो राष्ट्रीय गीतमा अङ्ग्रेजलाई सर्काउनेमा गोर्खा जाति पर्दैनन् मन्त्री साहब। धेरैवटा राष्ट्र गीतहरूमा धुन हाल्नहुने रामसिंह ठकुरी गोरखा थिए भने राष्ट्रीय गीत जन गण मणलाई मार्चिंग बिटमा धुन दिने पनि उनी नै थिए। सुवास चन्द्र बोसका आएनएमा ड्याम्मै गोर्खालीहरू थिए अनि चिनियाहरूले हजुरहरूका सिपाहीहरू देख्दा चै बन्दुक राखेर यिनीहरूलाई सिरकुना नै काफी भनेर सिरकुनाले खेदेको जोक्स पनि छ है मन्त्री साहब। भारतका कुनै पनि जातिलाई निच देखाउने मेरो मनसाय होइन कारण हामी सबै जातिभन्दा माथि उठेर भारतीय भएर सोंच्नुपर्छ तर हजुरले भय देखाएर चम्चे र गद्दारहरूका आडमा जताभावी जे बोल्नुहुँदैछ त्यसले हामीलाई नै राजनैतिक फायदा हुने लक्षण देखेपनि दयागरी आफ्नो पदको सम्मान गर्दै गोर्खाहरूका मनलाई अझै दुखाउने काम नगर्नुहोला।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया