एस्थेटिक एसियाको तीनदिने सम्मेलन आरम्भ

गान्तोक, 19 सितम्बर। चर्म रोग विशेषज्ञहरूको राष्ट्रिय स्तरको संगठन एस्थेटिक एसियाको चौथो सम्मेलन सिक्किमको राजधानी गान्तोकमा आरम्भ भएको छ। स्थानीय एक होटलमा सम्पन्न तीन दिने सम्मेलनमा भारत समेत बङ्गलादेश, नेपाल र ब्रिटेनबाट चर्म रोग विशेषज्ञहरूको प्रतिनिधि उपस्थित रहेका छन्। यसका साथै भारतको विभिन्न प्रान्तमा अभ्यास गरिरहेको विशेषज्ञहरूको लगभग 3 सय जनाको समूह सम्मेलनमा उपस्थित रहेका छन्। जसमा 90 जना शिक्षकहरूसमेत रहेको यो सम्मेलनमा चर्म रोगबारे 12 वटा वैज्ञानिक सत्र सञ्चालन हुनेछ भने व्यख्यान पनि गरिने जानकारी संगठनका अध्यक्ष डॉ. रथिन्द्र नाथ दत्ताले पत्रकारहरूसित कुराकानी गर्दै बताए। यसैगरि यो तीन दिने सम्मेलनमा चर्म रोगको उपचाराबारे सिर्जित नयाँ तकनिकीबारे जानकारी गराउने तथा आपस्तमा चिकित्सकहरूबीच अभ्यास र अनुभाव साटासाट गर्ने कार्य गर्नु पनि प्रमुख रहेको बताए। अर्कोतिर उपस्थित संगठनका प्रतिनिधि तथा चर्चित चर्म विशेषज्ञहरूले आम मानिसहरूलाई सामाजिक सञ्जाल र अन्य विभिन्न संचार माध्यमबाट सार्वजनिक गरिने विभिन्न प्रकारको कस्मेटिक र छालाको रोग अनि कमजोरीहरू निको पार्ने जुन आश्वासन विज्ञापनमाफर्त दिइने गरिन्छ त्यसलाई पूर्ण रूपमा विश्वास गरेर उपचार थाल्नु भन्दा पहिले चिकित्सकको सल्लाह लिनु अनिवार्य र सही रहेको बताए। यसैगरि अहिले चर्म रोगको उपचार सुलभ भएको अनि यसबारे धेरै सुविधाहरू सहजरूपमा उपलब्ध भएको अनि जनमानसमा यसबारे जागरूकता हुन पनि आवश्यक रहेको जानाकारी दिइएको थियो। यसैगरि विभिन्न कस्मेटिक उत्पादकहरूले खुला रूपमा बजारमा बिक्री गर्ने चर्म रोगका कथित औषधिहरूबारे पनि आम जनताले आँखा चिम्लेर विश्वास गरि हाल्न नहुने बताए। कार्यक्रमको उत्घाटन सत्र 20 सितम्बरको दिन राज्यको स्वास्थ्य विभागका मन्त्री डॉ. एमके शर्माले गर्नेछन्। डॉ. शर्मा स्वयं संगठनका वैज्ञानिक अध्यक्षको रूपमा रहिसकेको हुनाले निकट भविष्यमा यसबारेमा सिक्किममा पनि आम जनताको निम्ति शिविरहरू राख्न सकिने अध्य़क्ष डॉ. दत्ताले मन्तव्य व्यक्त गरेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया