वाहन दुर्घटना, एक महिलाको मृत्यु

विज्ञापन

गान्तोक 19 सिम्तबर। पश्चिम सिक्किमको जुम सालडाँडामा एसके-०२ जे २०५ नम्बरधारी एउटा कमान्डर ट्याक्सी गाडी दुर्घटना ग्रस्त हुँदा ३७ वर्षीय महिला साङ्गे डोमा शेर्पाको घटना स्थलमा नै मृत्यु भएको छ। मृतक मूलरूपले दरामदिन समष्टि अन्तर्गत साप्रेनागी गाउँकी छोरी भए तापनि उनको विवाह कालेबुङमा भएको थियो। उक्त ट्याक्सी गाडी आज सोरेङदेखि जोरथाङ तर्फ गइरहेको बेला उक्त दुर्घटना भएको हो। एकजना सिकिस्त घाइते भएका महिला यात्री फुरल्हमु शेर्पा (४९)-लाई जोरथाङ अस्पतालमा उपचार पश्चात नाम्ची जिल्ला अस्पताल रेफर गरिएको छ। घाइते शेर्पा बैगुणे निवासी तथा मृतककी छ्यामा हुन्। उक्त दुर्घटना ग्रस्त वाहन सोरेङ खड्का बजार निवासी दावा शेर्पाको रहेको बताइएको छ। उनी मालिक सँगसँगै चालक पनि हुन्। चालक शेर्पा भूतपूर्व भारतीय सैनिक पनि हुन्। सामान्य घाइते भएका टीकाराम प्रधान, गंगा शर्मा र दावा शेर्पा (चालक)-लाई जोरथाङ अस्पतालमा उपचार पश्चात छुट्टि दिएको छ। पुलिसले मामिला दर्ता गरेर दूर्घटनाबारे छानबीन शुरू गरेको छ। (सरोज गुरुङ)

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया