सिक्किम एग्रोकेम प्रालिमा लाग्यो ताला

गान्तोक, 20 सितम्बर। पूर्व सिक्किमको माझीटारमा स्थित सिक्किम एग्रोकेम प्राइभेट लिमिटेड (प्राली) कारखानाले स्वास्थ्य विरोधी प्रदूषण फैलाउने गरेको गुनासो स्थानीय जनताले गरेपछि सर्वेक्षण गरेर उक्त कारखाना बन्द गरिएको छ।  गत 2 सितम्बरको दिन जिल्ला प्रशासनलाई स्थानयी जनताले एउटा ज्ञापन पत्र पेश गर्दै उक्त कारखानाबाट प्रदूषीत हावा निस्कने गरेको अनि त्यसले कारखाना वरिपरिका मानिसहरूलाई बसिनसक्नु पारेको तथा स्वास्थ्यमा पनि प्रतिकूल असर पार्ने दाबी गर्दै कारखाना अन्यत्र सार्ने माग गरिएको थियो। उक्त ज्ञापनको आधारमा जिल्ला प्रशासनले सीआरपीसीको धारा 199 लाई लागु गर्दै गत 6 सितम्बरको दिन रम्फूको महकुमा अधिकारीलाई कारखानाको निरिक्षण गर्ने आदेश दिएको थियो। आदेश अनुसार महकुमा अधिकारीले सर्वेक्षण गरेर साँच्चै कारखानाबाट उत्सर्जित हुने वायु प्रदुषणयुक्त रहेको पाएको प्रतिवेदन जिल्ला प्राशासनमा सोही दिन सुम्पिएको थियो। त्यसैलाई आधार गरेर जिल्ला प्राशासनले हिज 19 सितम्बरको दिन कारखाना बन्द गर्ने आदेश जारी गर्दै कारखानामा ताला लगाउने आदेश महकुमा  अधिकारीलाई जारी गरेको थियो। उक्त आदेशको पालन गर्दै आज अतिरिक्त जिल्ला प्रशासक, महकुमा अधिकारी, रम्फू थाना प्रभारी समेत स्थानीय मानिसहरूको साक्षी राखेर कारखाना बन्द गरिएको छ। यसैगरि कारखानालाई आफ्नो सफाइ दिने मौका दिइएको थियो भने गत 16 सितम्बरको दिन आफ्नो सफाई प्रस्तुत गरेका थिए। यद्यपी आम मानिसको स्वास्थ्यमा असर पार्ने प्रदूषीत वायुकै कारण कारखाना बन्द गरिएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया