कालेबुङमा दुईदिने मेगा हेल्थ क्याम्प आरम्भ: डा.पीडी भोटियाले भने, स्वास्थ्यको क्षेत्रमा मणि ट्रस्टको कार्य सराहनीय

कालेबुङ, 21 सितम्बर: हैदाराबादका चर्चित चारवटा हस्पिटलका विशेषज्ञहरूलाई ल्याएर आजदेखि कालेबुङमा दुईदिने मेगा हेल्थ क्याम्प आरम्भ भएको छ। 2014 मा स्थापनाकालदेखि नै स्वास्थ्यलाई सबैभन्दा धेर प्रमुखता दिएर कार्य गरिरहेको कालेबुङको सामाजिक संस्था मणि ट्रस्टले यहाँको गर्ल्स हायर सेकेण्डेरी स्कूलको सेन्टिनेरी हलमा आजदेखि दुईदिने स्वास्थ्य शिविर आरम्भ गरेको हो।
शिविरमा हैदाराबादको नेसनल इन्सटिट्यूट अफ् गेस्ट्रोइन्ट्रोलोजी, ओमेगा हस्पिटल्स, रेनबो चिल्ड्रेन्स हार्ट इन्सटिट्यूट, मेडिकभर हस्टिपटल अनि कालेबुङको इस्मायल डेन्टल कियरका विशेज्ञहरूले विरामीहरूको स्वास्थ्य जाँच गरेका थिए। विशेष गरी हैदाराबादबाट क्यान्सर विशेषज्ञ, मुटु रोग विशेषज्ञ, ग्यास्ट्रोलोजी, न्यूरोलोजी, न्यूरो सर्जरी, स्पाइनल सर्जरी, अर्थोपेडिक्स, जोइन्ट रिप्लेसमेन्ट आदिका विशेषज्ञहरू शिविरमा उपस्थित बनेका छन्।
आज उद्घाटन कार्यक्रममा सिलगढीका चर्चित डाक्टर पीडी भोटिया प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने विशेष अतिथिहरूमा जिल्ला अस्पतालका सुप्रिटेडेन्ट डा. निरूपम विश्वास, सीएमओएच अङ्कन सिमलाङ्गदी, फेडरेसन अफ् ब्लड डोनर अर्गनाइजेसन अफ् इण्डियाका सचिव अपूर्व घोष आदि उपस्थित थिए। शिविरमा डा. ब्रह्माय कुकुट्ला, डा. जयप्रताप रेड्डी, डा. मल्लिक्स, डा. अङ्कन विजय अग्रवाल, एम सुधाकर, डा. अनिसा राई, डा. गौरव छेत्री, सैयद दस्तागीर बाबु डा. भामकृष्म चङ्गालोकोण्डा आदि विशेष रूपमा उपस्थित थिए।

आयोजकबाट मणि ट्रस्टका अध्यक्ष सुवास मणि सिंहले शिविरको उद्देश्यबारे प्रकाश पार्दै भने, ट्रस्टले शुरूदेखि नै मूल रूपमा स्वस्थ्यको क्षेत्रमा काम गर्ने अनि कालेबुङलाई भविष्यमा मेडिकल टुरिजम हब् बनाउने सोच बनाएको छ। स्वास्थ्यको क्षेत्रमा काम गर्दै जाँदा हामीले पाँचमा धेरै मानिसहरू आर्थिक अवस्थाको कमिको कारण बाहिर गएर विशेषज्ञहरूलाई देखाउन असमर्थ बनिरहेको थाहा पायौँ। यसैले बाहिर गएर उपचार गराउन नसक्ने मानिसहरूले आफ्नै ठाउँमा सुविधा पाउन् भन्नेर स्वास्थ्य शिविरको आयोजना गरेका हौँ।
अर्कोतिर कार्यक्रममा प्रमुख अतिथि डा. पीडी भोटियाले ट्रस्टले स्वास्थ्यको क्षेत्रमा सरहानीय काम गरिरहेको बताए। यसप्रकारको शिविर आयोजना गर्दा मानिसहरूको स्वास्थ्य प्रतिको सेचतता थाहा पाउने, कुनै पनि क्षेत्रमा कुन-कुन विरामीहरू अधिक रहेछ भन्ने तथ्याङ्क निक्लान सकिने अनि विशेष गरी विरामीहरूलाई उचित परामर्ष दिनसकिने बताए।
उनले विशेष गरी स्वास्थ्य जीवन यापन गर्नका निम्ति दैनन्दिनको खानपान, व्यायाम, पर्यावरण इत्यादिमा ध्यान दिनपर्ने अनिवार्यता व्यक्त गरे। आजको समयमा स्वास्थ्य जटिल अनि चुनौतिको विषय हुँदाहुँदै पनि विज्ञानले स्वास्थ्यको क्षेत्रमा धेरै तरक्की गरिरहेकोले विमार लुकाएर राख्न होइन तर समयमा नै उपचार गराएर स्वास्थ्य रहन सल्लाह दिए। शिविरमा कालेबुङ लगायत विभिन्न ग्रामीण क्षेत्रबाट आएका सैयौँ मानिसहरूले स्वास्थ्य जाँच गराए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया