नगरपार्षदलाई पक्राउ गर्नुपर्ने माग: पीडितपक्षले गरे पोष्टरिङ(भिडियोसितै)

कालेबुङ, 21 सितम्बर: कालेबुङ नगरपालिका वार्ड नम्बर-1 का नगरपार्षद कुनाल प्रधानलाई पक्राउ गर्नुपर्ने माग गर्दै 6 माइलका गाउँलेहरूले कालेबुङको डम्बरचोकमा पोष्टरिङ गरे। 6 माइल निवासी पेम्बा शेर्पा(32) लाई कुटपिट गरेको आरोपमा गाउँलेहरूले नगपार्षद्लाई पक्राउ गर्नुपर्ने माग गरेका हुन्।

विशेष गरी गत 15 तारिख बेलुकी 7.30 बजीतिर एक हुल युवाहरूले पेम्बा शेर्पा(32) लाई कुटपिट गरेर पुलमुनी फ्याँकिएको अवस्थामा भेटिएको थियो। यसै घटनामा परिवारपक्षले कुनाल प्रधान लगायत अन्यको नाममा प्राथमिकी दर्ता गरेका थिए। यस घटनामा संलग्न सरोज छेत्रीले पुलिसमक्ष आत्मसमर्पण गरेपनि घटनाको मूल आरोपी कुनाल प्रधानलाई पुलिसले पक्राउ नगरेकोमा परिवारपक्षबाट पीडितका बहिनी बुनु शेर्पा अनि आमा डोमा शेर्पाले आपत्ति जनाएकी छन्।

‘अहिलेसम्म पुलिसले कुनै कार्यवाही गरेको छैन’-पेम्बाकी बहिनी बुनु शेर्पाले भनिन्, ‘हामी हाम्रो गाउँ अनि घरमै पनि सुरक्षित छैनौँ। पुलिसले अहिलेसम्म मुख्य आरोपीलाई पक्राउ गरेको छैन। यदि साधरण मानिसलाई हो भने घरमै गएर निकालेर पनि पुलिसले पक्रिन्छ। तर अलिकति पावरमा छ भन्दैमा उसलाई किन पक्रन सकेको छैन? ’

पेम्बाकी आमा डोमा तामाङले पनि छोराले न्याय पाउनुपर्ने माग गरिन्।  पीडितपक्षले न्यायको मागमा सोमबार कालेबुङ जिल्लापालाई पनि ज्ञापन-पत्र दिने भएको छ।

कुटपिटकाण्डको मूल कारण खुल्न सकेको छैन। यद्यपि पेम्बा शेर्पा विनयतामाङ गोजमुमोका 33 नम्बर समष्टि युवा अध्यक्ष रहेको थाहा लागेको छ भने कुलाल प्रदान पनि यसै दलका नेता हुन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया