महानन्दामुनिको झोपड़पट्टी हटाइने

खबरम्यागजिन प्रतिनिधि

सिलगढी, 24 मई 2017


महानन्दामुनिका झोपरपट्टीहरू-फोटोः खखबरम्यागजिन

सिलगढ़ीको दोस्रो महानन्दा पुलमुनिल्तिरका अवैध झोपड़पट्टी हटाइने कड़ा सरकारी निर्णय लिइएको छ।
सम्बन्धित अधिकारीहरूलाई लिएर सर्किट हाउसमा आयोजित विशेष सभामा दार्जीलिङ जिल्लापाल जयश्री दासगुप्ताले यो प्रशासनिक निर्णयको खुलासा गरेकी छन् ।

‘महानन्दा नदी किनार रहेका अवैध घरका मालिकहरूलाई सिलगढ़ी नगरपालिकाको नेतृत्वमा हुने भएको यो झोपड़पट्टी सफाया अभियानबारे अगावै आधिकारिक रूपमा सूचित गरिसकिएको छ,’ जिल्लापालले भनिन्, ‘बुल्डोजर लगाएर बलजफ्ती विस्थापनको काम नगरिए पनि पुलिसको सहायतामा नै महानन्दा पुलमिनिको इलाकाको सफाया गरिने छ।’

आँउदो २६ मई विस्थापन कार्यक्रम थालिने जनाइए पनि मिति पछि सर्ने सम्भावना पनि रहेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन