झार-जङ्गलले पुरिन लाग्यो ‘सिब्सु बलिदान पार्क’: सरोकारवालाहरूलाई छैन सरोकार

कालेबुङ, 22 सितम्बर: गोर्खाल्याण्ड आन्दोलनका शहीद विमला राई, विक्की लामा अनि निता खवासको बलिदानलाई चिरस्थायी एवं ताजा बनाइराख्न भनी निर्माण गरिएको ‘सिब्सु बलिदान पार्क’-यतिखेर झार-जङ्गलले पुरिएर सोचनीय अवस्थामा पुगेको छ।

8 फरवरी 2011 का दिन गोजमुमो अध्यक्ष विमल गुरुङको अगुवाइमा निस्किएको पदयात्रालाई सिब्सुमा पुलिसले अवरोध गर्दा पुलिसको गोली लागेर विमला राई अनि बिक्की लामाको विभत्स मत्यु भएको थियो भने घटनामा घाइते बनेकी निता खवासको पनि केही दिनभित्र नै मृत्यु भएको थियो।

घटना भएको दुई वर्षपछि 8 फरवरी 2013 का दिन जीटीए अध्यक्षका रूपमा विमल गुरुङले उनीहरूको स्मरणमा ‘सिब्सु बलिदान पार्क’-निर्माण गरिदिएका थिए। यस पार्कमा वर्षमा एकदिन ‘शहीद दिवस’-मनाउने गरेको भएपनि बाँकीदिन बेस्यार अवस्थामा हुन्छ।

अलग राज्य गोर्खाल्याण्ड आन्दोलनको इतिहासमा सँधै स्मरणीय हुने ‘सिब्सु बलिदान पार्क’ मा अहिले झारजङ्गल बढेर पार्क पुरिन लाग्दा समेत सरोकारवालाहरूको ध्यान गएको छैन। पार्कको संरक्षण र सम्बर्द्धनमा सरोकारवालाहरूलाई सरोकार नै नभएपछि लाखौँ खर्चेर बनाएको शहीद पार्क दिनदिनै बेहाल अनि कुरूप अवस्थामा पुगेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

विज्ञापन