आफ्नो 69औं जन्म दिनमा जनतालाई सम्बोधन गर्दै पवन चामलिङले भने  चुनाउ मात्र हारेको हो तर राजनीति हारेको होइन, सिद्धान्त हारेको छैन, यसैले मन हार्नु हुँदैन, मन नहारे एसडीएफ पार्टीले फेरि जित्नेछ

 “एसडीएफ समर्थक कार्यकर्ता तथा जनताले मनमा भएको असमजस्यतालाई निकाली दिनुपर्छ र  एसडीएफ पार्टी, नेता पवन चामलिङले पशुले घाँस सकिए पछि चरन सरे जस्तो जनतालाई छाड़ेर कहीं जानेवाला छैन म एसडीएफ पार्टीको अभिभावक भएर आजीवन सिक्किमे जनतासँग बस्नेछु।”


गान्तोक, 22 सितम्बर। सिक्किमको विपक्षी दल एसीडीएफले पार्टी अध्यक्ष तथा पूर्व मुख्यमन्त्री पवन चामलिङको जन्म दिनमा पालन गर्दै आएको वार्षिक कार्यक्रम गरीबी उन्मुलन दिवस राजधानीको इन्दिरा बाइपासमा स्थित पार्टी मुख्यालयमा पालन गऱ्यो । राज्य तथा देशको सबभन्दा लामो कार्यकालसम्म सत्तासिन भएर जनताको सेवा पुर्‍याउने एक मात्र पार्टी सिक्किम प्रजातान्त्रिक मोर्चा पार्टीले 22 सेप्टेम्बरलाई गरीबी उन्मूलन दिवसको रूपमा पार्टी स्थापना भएदेखि यता लगाताररूपमा पालन गर्दै आइरहेको छ। 4 मार्च, 1993-को दिन दक्षिण सिक्किमको नाम्ची घुर्पिसेमा पवन चामलिङको नेतृत्वमा एसडीएफ पार्टीको जन्म भएको हो। एसडीएफ पार्टीको बड्दो लोकप्रियता कार्यक्रम देखेर त्यसताकको सरकारले मुद्धामा फसाएर लामो समयसम्म भूमिगत हुनु परेको थियो। एसडीएफ पार्टीलाई नेतृत्व गर्नु र सिक्किमे जनतालाई सामाजिक न्याय दिलाउन र अदालती कार्वाही पूरा गरी कानूनको मद्दत लिएर सिक्किम फर्किएको दिन हो 22 सितम्बर। सिक्किमेली जनसाधारणका हक र हितमा आधारित रहेको यस महत्त्वलाई अङ्गीकार गरेर 22 सेप्टेम्बरलाई गरीबी उन्मूलन दिवसको रूपमा एसडीएफ पार्टीले पालन गर्दछ। यसैअन्तर्गत आज बाइपासस्थित पार्टी मुख्यलयको प्रेक्षगृहमा पार्टी अध्यक्ष पवन चामलिङको मुख्य अतिथिमा यसवर्षको गरीबी उन्मूलन दिवस भव्यताका साथमा पालन गरियो।  गरीबी उन्मूलन दिवसको ऐतिहासिक कार्यक्रममा एसडीएफ पार्टीका पदाधिकारीगण तथा चारै जिल्लाका युवा, चेली समर्थकहरूले भारी संख्यमा सहभागीता जनाएका थिए। आजको ऐतिहासिक कार्यक्रमको अवसरमा पार्टी अध्यक्षको जन्मदिनलाई पनि उत्सवको रूपमा मनाइयो। जन्मोत्सवको उपलक्ष्यमा उपस्थित एसडीएफ समर्थकहरू समक्ष पार्टी अध्यक्षले दियो जलाएर केक काट्नका साथै सबैबाट खादा तथा माल्यअर्पण गरेर जन्मदिनको शुभकामना ग्रहण गरे।
एसडीएफ अध्यक्ष पवन चामलिङले ऐतिहासिक कार्यक्रमको उपलक्ष्यमा आफ्नो सम्बोधनको प्रारम्भमा आजको कार्यक्रमलाई राजनीतिक कार्यक्रम नभएर सामाजिक कार्यक्रमको नामकरण दिँदै आफ्ना जन्म दिने परमपूज्यनीय माता आशरानी चामलिङ र स्वर्गीय पिता आशबहादुर चामलिङप्रति आभार व्यक्त गरे।  यसका साथै उहाँले आफ्ना परिवार तथा पार्टीका नेता-नेतृगण एवं समर्थकहरूलाई पनि आभार व्यक्त गरे।   एसडीएफ पार्टी जिम्मेवारीपूर्वक राजनीति गर्ने पार्टी रहको बताउँदै सिक्किम र सिक्किमे जनताका लागि वकालत गर्ने एसडीएफ पार्टी भएकोले वर्त्तमानको असमञ्जस अवस्थामा एसडीएफ समर्थकहरू नढगमगाइ निश्चिन्त बसिदिने आग्रहका साथ एसडीएफ पार्टीले चुनाउ मात्र हारेको हो तर राजनीति हारेको होइन, सिद्धान्त हारेको छैन, यसैले मन हार्नु हुँदैन, मन नहारे एसडीएफ पार्टीले फेरि जित्ने विश्वास दिलाए। एसडीएफ पार्टी विधायक, मन्त्री, मुख्यमन्त्री हुनलाई गठन गरिएको पार्टी नभएर गरीबवर्गको उत्थान, कम्जोरवर्ग र आमा-चेलीहरू तथा समग्र वर्गका समानताका लागि सिक्किममा सिक्किमेको राज कायम गर्नका लागी गठन गरिएको पार्टी हो भन्ने अध्यक्षले आफ्नो सम्बोधनमा बताए। यसअतिरिक्त सिक्किमे जनताले वर्त्तमान राज्य सरकारलाई प्रजातान्त्रिक प्रक्रियाअनुसार सत्तामा आसिन गराएको हुनाले वर्तमान सरकारले आफ्नो नीतिअनुसार काम गरिरहेको हुनाले प्रशासनिक प्रणाली ठीक भयो या भएको छैन यसको निर्क्यौल गर्दै ठीक नभएमा विरोध र ठीक भएमा सरहना पनि सिक्किमे जनताले नै गर्नु पर्ने बताए।
आफ्नो सम्बोधनकै क्रममा उनले आफू मानवतावादी, जनवादी, गरीबवादी र समानतावादी नेता रहेको बताए। साथै आफ्नो जीवनमा नीजि भन्ने केही पनि नरहेको आफ्नोमा जे छ सबै सिक्किमेली समाजको धरोहर रहेको बताए यसका साथै आफ्नो सम्पूर्ण जीवननै सिक्किमेली समाजलाई समर्पित रहेको जानकारी दिया। एसडीएफ पार्टीको नीति सिद्धान्तलाई पार्टी कार्यकर्ताले स्पष्ट हुन जरूरी रहेको बताउदै  दक्षिण सिक्किमको तुरूङ्ग निवासी एक जना वयोबृद्ध माम र पूर्व सिक्किम निवासी टिकामाया छेत्रीको निधनमा श्रद्धान्जली अर्पण गर्दै एसडीएफ पार्टीले आफ्ना शुभचिन्तक र वयोबृद्धहरूलाई दुःख विमारमा सहयोग पुर्‍याउनु पर्ने तथा भवितव्य आईपरेकोमा तत्काल सहयोग पुर्‍याउने जस्ता सामाजिक कार्यको अविभारा लिन पर्ने बताए।  एसडीएफ पार्टी र पवन चामलिङले पश्चिम बंगालका पूर्व मुख्यमन्त्री नेता ज्योती बसुको कृतिमानलाई पनि तोड़ेको जानकारी दिनुहुँदै सिक्किम र सिक्किमेली जनतालाई समयोचित न्याय दिलाएको सत्यता जाहेर गरे।  एसडीएफ समर्थक कार्यकर्ता तथा जनताले मनमा भएको असमजस्यतालाई निकाली दिनुपर्ने र एसडीएफ पार्टी, नेता पवन चामलिङले पशुले घाँस सकिए पछि चरन सरे जस्तो जनतालाई छाड़ेर कहीं नजाने बताउदै आफू एसडीएफ पार्टीको अभिभावक भएर आजीवन सिक्किमे जनतासँग बस्ने बताए।
एसकेएमले चुनाउ अघि सरकार भएको 100 दिनमा धेरै काम गर्छु भनेर जनता अघि प्रतिज्ञा गरेको विषयलाई स्मरण गराउदै 100 दिनमा सबै काम गर्नु मुस्किल हुने भएकोले सरकारलाई 200 दिन दिउँ र यदि 200 दिनमा पनि आफूले बोलेका कुरा पुर्‍याउन सकेन भने 300 दिन दिउँ र पनि आफूले बोलेका र लेखेका कुरा पुर्‍याउन सकेन र जनतालाई छल्छ  र ढाँट्छ भने यसको विरोध गर्न जनतालाई सचेत गर्नु जरूरी रहेको बताए। एसडीएफ पार्टीको सरकारले 25 वर्ष गुड मात्र होइन वेस्ट गमरमेन्ट चलाएको तर अहिलेको सरकार गर्ममेन्ट मात्र छ संस्कार छैन। एसडीएफ सरकारले चुनाउ अघिनै अनुमोदन गरेका जनमुखी कार्यक्रमहरूमा जस्तै 8,000 घरलाई घर छाउने च्यादर, 50 हजारे घर मरमत्तीको योजनाअन्तर्गत 25,000 हजार घरलाई 15 हजार 6 सय घरलाई दिने  तथा 16 लाखे घर 3500 सय घरलाई दिने र प्रत्येक क्षेत्रमा एक सय एक सय दूधालू गाई बाँडने अनि प्रत्येक क्षेत्रलाई 50-50 वटा ग्रीन हाउस् बाँड़ने र जम्मा 5 हजार कड़ोरको काम अहिले पनि कार्य प्रगतिमा रहेको जानकारी गराउनु हुँदै यी कामहरूको एसकेएम सरकारले श्रेय लिन चाहेको सत्यता जाहेर गरे। देशमा अहिले विश्व प्रसिद्ध र लोक प्रिय व्यक्तित्व नरेन्द्र मोदी प्रधानमन्त्री  भएकोले अतुलनीय कार्यहरू भइरहेको बताउदै  सिक्किम राज्यमा वर्तमान सरकारबाट जनतामा कुनै पनि अन्याय भएको खण्डमा गुनासो प्रधानमन्त्रीसमक्ष पुर्‍याउन सकिन्छ भन्ने यथार्थ सन्देश उनले दिए।  आजको सम्बोधनमा एसडीएफ पार्टी कार्यकर्ताहरूलाई पार्टीको नीति र सिद्धान्तमा स्पष्ट रही सिक्किमे समाजलाई वर्गीय एकीकरण र सिक्किमेकरण गर्नको निम्ति सबै एकजुट हुने आह्वान गर्नु भयो साथै सिक्किमे समाजलाई मानसिक रूपमा विकसित गराउन अत्यन्त जरूरी रहेको विचार राखे।
सम्पूर्ण सिक्किमे जनताको जित र हितनै एसडीएफ पार्टीको लक्ष्य रहेको अनि सम्पूर्ण सिक्किमेलाई विजय गराउने अभियाननै पवित्र क्रान्ति भएकोले यस अभियानलाई सफल तुल्याउन एसडीएफ पार्टी कार्यकर्ताहरू सचेत र सजग बन्न जरूरी रहेको पनि आजको ऐतिहासिक सम्बोधनमा बताए। त्यसरीनै सिक्किमका जनताले पाँच वर्षसम्म एसडीएफ पार्टीलाई अझ मजबूत बनाउने अवसर प्रदान गरिएको हुनाले यसलाई सदुपयोग गर्ने पार्टी कार्यकर्तालाई आग्रह किया।
वरिष्ठ उपाध्यक्ष तथा उत्तर जिल्ला प्रभारी डी.बी थापाले स्वगत जनाएका यस कार्यक्रममा एसडीएफ पार्टीको पक्षबाट अध्यक्षलाई जन्मोत्सव तथा गरीबी उन्मूलन दिवसको उपलक्ष्यमा पुष्प गुच्छ, दोसल्ला र स्मृतिचिन्हसहित अभिनन्दन गरियो। यसरी नै मुख्यमन्त्री मेधावी छात्रवृत्तिमा अध्ययन गर्ने सुअवसर पाएका पहिलो ब्याचका राज्यका विद्यार्थीहरूले आभार व्यक्त गर्दै पूर्व मुख्यमन्त्री एवं पार्टी अध्यक्षलाई अभिनन्दन जनाए। कार्यक्रममा सांस्कृतिक नृत्य पनि प्रस्तुत गरिएको थियो भने संगठन महासचिव एलएम भट्टराईले वक्तव्य राखे। धन्यवाद ज्ञापन पश्चिम जिल्ला उपाध्यक्ष एस.पी काफ्ले र कार्यक्रम सञ्चालक प्रशासन सचिव आमोश आर लेप्चाले गरेका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया