क्रामाकपाले सांसद र विधायकको जम्मेवारीमाथि उठायो सवाल: सोध्यो, जीटीएको मियाद बढ्नेवाला छ भनेर थाहा थिएन?’(भिडियोसितै)

‘तृणमूलले त अत्याचार गर्नकै लागी यो सबै काम गर्दैछ तर हाम्रो उद्दार गर्ने जिम्मेवारी लिएको भाजपाका निर्वाचित सदस्यहरूले के गर्दैछन्?’-प्रधानले भने, ‘हाम्रो आकांक्षाको पक्षमा काम गर्नु निर्वाचित सदस्यहरूको जिम्मेवारी रहन्छ कि रहँदैन?’


कालेबुङ, 27 सितम्बर: ‘सितम्बरमा जीटीएको मियाद बढाइन्छ भनेर निर्वाचित सांसद अनि विधायकहरूलाई थाहा थियो होला। पहाडका दुईजना विधायकको पार्टी जीटीएको विरूद्धमा छ। उनीहरूले विधानसभामा यी कुराहरू उठाए कि उठाएनन्? सितम्बर महिनामा मियाद बढाइन्छ भनेर थाहा पाएपछि उनीहरूले पत्रचार गरे कि गरेनन्? राजनैतिक वक्तव्य दिएर जनताको आँखामा धुलो हाल्नु मात्र उनीहरूको जिम्मेवारी होइन।’

क्रान्तिकारी मार्क्सवादी कम्यूनिष्ट पार्टीका कालेबुङ आञ्चलिक अध्यक्ष किशोर प्रधानले जीटीएको मियाद बढाएको सन्दर्भमा मूल रूपमा सासंद राजु विष्ट अनि विधायक निरज जिम्बाको भूमिकामाथि प्रश्न गर्दै उपरोक्त कुरा भनेका हुन्।

क्रामाकपालाई जीटीएको मिदाद बढाइनुमा सबैभन्दा धेर केन्द्रको भूमिका अनि भाजपाका निर्वाचित प्रतिनिधिहरूको भूमिमाथि सन्देह लागेको छ। किनभने जीटीए व्यवस्थाको विरूद्धमा, राज्य सरकारको अत्याचारको विरूद्धमा अनि स्थायी समाधानको पक्षमा दार्जीलिङका जनताले चारलाखभन्दा धेर भोटले सासंद राजु विष्टलाई जिताएर पठाएका हुन्। दार्जीलिङ विधानसभा चुनाउमा पनि 47 हजारभन्दा धेर भोटले जीटीए चियरमेन विनय तामाङलाई हराएर निरज जिम्बालाई जिताएकै हो। तर उनीहरूले जीटीएको मियाद बढाइन्छ भन्नेकुरा पहिलेबाट नै थाहा पाउँदापाउँदै पनि ठोस् काम नगरेको क्रामाकपाले आरोप लगाएको छ।

‘तृणमूलले त अत्याचार गर्नकै लागी यो सबै काम गर्दैछ तर हाम्रो उद्दार गर्ने जिम्मेवारी लिएको भाजपाका निर्वाचित सदस्यहरूले के गर्दैछन्?’-प्रधानले भने, ‘हाम्रो आकांक्षाको पक्षमा काम गर्नु निर्वाचित सदस्यहरूको जिम्मेवारी रहन्छ कि रहँदैन?’

उनले 2017 देखि बारम्बार जीटीएको मियाद बढाएपनि केन्द्र सरकारको भूमिका शुन्य रहेकोमा आपत्ति जनाए।

‘जीटीएको मियाद किन बढाइन्छ भनेर गृह मन्त्रालयले राज्यलाई चिट्ठी लेख्नु पर्ने हो तर किन लेखेको छैन?-प्रधानले प्रश्न गर्दै भने, ‘दार्जीलिङका जनताको भावना, त्याग, समर्थन र समर्पणलई कदर गरेर त्रिपक्षीय वार्तातिर जानुपर्ने हो, तर केन्द्र मौन छ।’

दार्जीलिङका सासंद राजु विष्टले पनि ठोस् रूपमा दार्जीलिङको स्थायी समाधानको निम्ति कुनै काम नगरिरहेको क्रामाकपाको आरोप छ।  यसबेला गोजमुमो विमलपक्ष पनि उनीहरूको कामले गर्दा भूमिगत् हुन परेको, भाजपाले पनि 2021 को बङ्गाल विधानसभा चुनाउको कारण अलग राज्यको पक्षमा काम गर्न नसक्ने अवस्थामा रहेको अनि गोरामुमोको पनि राजनैतिक टेक स्पष्ट नरहेको कारण सबै दललाई लिएर स्टेरिङ कमिटी गठन गरेर केन्द्रलाई राजनैतिक चाप दिनपर्ने दिशामा काम गर्नुपर्ने क्रामाकपाको सुझाउ छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया