सिक्किमभरिको एटीएम खराब उपभोक्ता सास्तिमा

गान्तोक, 3 अक्टोबर। दशैंको मुखमा ब्याङ्क उपभोक्ताहरूले आफैंले पसिना बगाएर कमाएको पैसा समेत निकाल्न खप्नु सास्ति खप्नुपरिरहेको छ। सिक्किमको राजधानी गान्तोकलगायत चारैवटा जिल्लाको प्रमुख शहरहरूमा जन सेवाको निम्ति खोलिएको ढोल पिट्ने ब्याङ्कहरूले उपभोक्ताको माग अनुरूप पर्याप्त एटीएम सेवा दिन असमर्थ बनेको छ। बिहानदेखि नै केही एटीएम हरूमा रकम भएको भएपनि उपभोक्ताहरूको लामो ताँतले दिनभरी समय खेर फाल्नुपर्ने देखिएको छ। धेरै एटीएमहरू भत्किएको अवस्थामा छ भने केही एटीएमहरूमा नो क्यासको बोर्ड टाँगिएको छ। अर्कोतिर पैसा निकासीमामात्र होइन पैसा भुक्तान गर्न अर्थात मेसिन मार्फत डिपोजिट गर्ने मेसिनहरू भत्किएको पाइएको छ भने कति मशिनहरूमा रकम डिपोजिट गर्ने क्षमता पूरा भएपछि पनि मशिनबाट पैसा निकालेर खालि गर्ने कर्मचारीहरूको ढिलाईले उपभोक्ता सकसमा परेको पाइएको छ। दिनभरी घण्टौसम्म लाइनमा बसेर पैसा निकाल्न एटीएममा पुग्दा की त रकम सिद्धिएको की एटीएम अचल भएको वा लिङ्क फेल भएको पाइएको हुनाले आम उपभोक्ताले व्याङ्कको सेवाप्रति रोस प्रकट गरेको छ भने सरकारको डिजिटल इण्डिया र ब्याङ्किङ प्रणालीको व्यवस्था खत्तम भएको मन्तव्य व्यक्त गरेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया