आहा! कस्तो राम्रो कविताका लागि छानिए 15 कविता : को को छन् कवि?

कालेबुङ, 4 अक्टोबर

आहा! क्या राम्रो कविता प्रतियोगिताका लागि 15 जना कवि छानिएका छन्। प्रतियोगिता सूचना एवं सांस्कृतिक विभाग, जिटिएको सौजन्यमा साङ्ग्रिला रिडर्स क्लबद्वारा आयोजित हुन गइरहेको हो। साङ्ग्रिला रिडर्स क्लबका मनोज बोगटी अनि उमेश परियारले जनाएअनुसार प्रतियोगिताको लागि मोठ 96 जना कविहरूले कविता पठाएका थिए। त्यसमध्येबाट उत्कृष्ट 15 वटा कविता तीन सदस्यीय जुरीले छनौट गरेका हुन्।

15 जना कविले 20 अक्टोबरको दिन कविता वाचन गर्नेछन्। कार्यक्रम स्थलको नाम केहीदिनमा सार्वजनिक गरिनेछ। यसदिन 15 जना कविलाई स्मृति चिह्न र उपहार प्रदान गरिनेछ। बिजेताहरूलाई नगदलगायत स्मृति चिह्न र उपहारहरू प्रदान गरिनेछ। बिजेताहरूलाई पहिलो पुरस्कार 30 हजार रुपियाँ, दोस्रो पुरस्कार 20 हजार रुपियाँ अनि तेस्रो पुरस्कार 10 हजार रुपियाँ मुख्य अतिथिको बाहुलीबाट प्रदान गरिनेछ।यसै दिन 15 कविका कविताको सङ्ग्रहको विमोचन पनि गरिनेछ।

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया