गोर्खा जनपुस्तकालयले पनि जनायो विरोध

निर्माण थापा

खरसाङ, 24 मई 2017


पहाडमा बङ्गला भाषा अनिवार्य गरिएको विरोधमा भारतकै पुरानो सामाजिक अनि साहित्यिक संस्था  गोर्खा जनपुस्तकालयद्वारा आज खरसाङको महकुमा शासक देवशीष चट्टोपाध्यलाई ज्ञापन दिइएको छ। खरसाङको गोर्खा जनपुस्तकालयका सभापति रविनकुमार प्रधानको अगुवाईमा गएका टोलीले पहाडमा बङ्गला भाषा जबरजस्ती लागू गर्न चाहेको भन्दै खरसाङको महकुमा शासक मार्फत बङ्गालको शिक्षा मन्त्री पार्थ च्याटर्जीलाई ज्ञापन पठाएको छ।

टोलीमा सभापति रविनकुमार प्रधान लगायत सचिव प्रकाश प्रधान, वरिष्ट सदस्यहरु तिलक शर्मा,आईएन शर्मा,बिनोद प्रकाश शर्मा,पूर्ण गुरुङ निरुपम सामेल थिए।  रविनकुमार प्रधानले पहाडमा जबरजस्ती बङ्गला भाषा थोप्नु खोज्दा नेपाली भाषा बोल्ने र लेख्ने नानीहरुलाई समस्या हुने बताउँदै तीनवटा भाषाको फर्मुला अनुसार पहिलो भाषा नेपाली लिएपछि दुइवटामा हिन्दी कि त बङ्गला भाषा चयन गर्ने अधिकार नानीहरूले पाउनु पर्ने तर बङ्गालका शिक्षा मन्त्री पार्थ च्याटर्जीले दुइवटामा बङ्गला भाषा अनिवार्य रुपमा लिनु पर्ने भनिएको कारण विरोध गरिएको जनाए।

विरोधमा सबै सङ्घ-संस्थाहरु लगायत शिक्षणकर्मीहरुसमेत अघि आउनु पर्ने पनि बताए। तिलक शर्माले पनि सन् १९६१ मा पनि जबरजस्ती बङ्गला भाषा थोप्नु खोज्दा सामुहिक रुपमा विरोध गरिएको बताउँदै यसपल्ट पनि पार्टीगत रुपमा होइन तर सामुहिकरूपमा विरोध गर्नु पर्ने बताए। पहाडको शिक्षा व्यवस्था जीटीएको जिम्मावरीमा भएकोले जीटीएको शिक्षा विभागले सबै पार्टी, सङ्घ संस्थाहरु र बुद्धिजीवीहरूलाई लिएर विचार विमर्श गरी सामुहिक विरोधको परिस्थिति तयार पार्नुपर्ने पनि उनले जनाएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन