न्यायमूर्ती अरुप कुमार गोस्वामीले लिए मुख्य न्यायाधिशको सपथ 

????????????????????????????????????

गान्तोक, 15 अक्टोबर। सिक्किम उच्च न्यायालयको नयाँ मुख्य न्यायाधीशको पदभार न्यायमूर्ती अरुप कुमार गोस्वामीले ग्रहण गरेका छन्। उनलाई नयाँ राजभवन परिसरमा आयोजित सपथ ग्रहण समारोहमा राज्यपाल गङ्गा प्रसादले पद अनि गोपनीयताको सपथ दिलाए। मुख्य सचिव एससी गुप्ताले मुख्य न्यायाधिसको नियुक्तिको पत्र पठनपछि विधिवतरूपमा आरम्भ भएको सपथ ग्रहण समारोहमा राज्यका मुख्यमन्त्री पीएस गोले आफ्नो मन्त्रीमण्डलको सदस्यहरू सहित विधायक उच्च सरकारी अधिकारीहरूसित उपस्थित रहेका थिए। उनले नयाँ मुख्य न्यायाधीशलाई परम्परागत खदा अर्पण गरेर सम्मान जनाए भने आफ्नो मन्त्री परिषदका सदस्य, विधायक अनि अधिकारीहरूको परिचय गराए। कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, बार एसोसिएसनका प्रतिनिधि, साथै राज्यका सम्मानित नागरिकहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा विशेष रूपले सिक्किम उच्च न्यायालयका न्यायधिश द्वय न्यायमूर्ती मिनाक्षी एम राई अनि न्यायमूर्ती भाष्कर राज प्रधानको उपस्थिति रहेको थियो भने उच्च न्यायालयको कर्मचारीहरूको उपस्थिति रहेको थियो।
11 फरवरी 1961-मा असमको जोराहाटमा जन्मिएका न्यायमूर्ती गोस्वामीले 1981-मा अर्थशास्त्रमा कटन कलेज गौहाटीबाट स्नातक गरेका थिए। यसरी नै 1985-सालमा सरकारी विधि महाविद्यालय गौहट्टीबाट कानुन विषयमा स्नातक गरेका थिए। उनले असम, नागाल्याण्ड, मेघालय, त्रिपूरा, मणिपुर, मिजोराम अनि अरुणाचल प्रदेशको बारको सदस्य रहेर वकालति गरेका थिए। उनले मुख्यरूपमा लोक, अपराध, संवैधानिक अनि सेवा क्षेत्रमा वकालति गरेका छन्। उनी 2004-सालमा गौहाटी उच्च न्यायालयको वरिष्ठ अधिवक्ता बन्न पुगेका थिए। उनले गौहाटी उच्च न्यायालय र कार्विआङ्लोङ् स्वेत्त परिषदमा स्टाण्डिङ काउऩ्सलको रूपमा काम गरिसकेपछि 24 जनवरी 2011-देखि गौहाटी उच्च न्यायालयको अतिरिक्त न्यायाधिश बनेका थिए। त्यसपछि 2012-देखि भने स्थायी न्यायाधिश बन्न पुगेका थिए। सिक्किमको मुख्य न्यायाधिशको पदभाग ग्रहण गर्न अघि गौहाटी उच्च न्यायालयो कार्यवाहक मुख्य न्यायाधिश रहिसकेका छन्। उनी अब सिक्किम उच्च न्यायालयको थ्री बेञ्च न्यायालयमा प्रमुख न्यायाधिशको रूपमा रहनेछन् भने उनको कार्यकाल 2023-सालसम्म रहेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया