एसकेएम-भाजपा मिलेर गोर्खाल्याण्डसाटो सिक्किम-दार्जीलिङ एकिकरण गर्ने ताकमा छ- केबी राई

????????????????????????????????????

छिमेकी राज्य बङ्गालको गोर्खाल्याण्ड समस्या समाधान गर्नको निम्ति सही र शरल बाटोको रूपमा सिक्किम दार्जीलिङ एकिकरणको पहल दुईवटा  पार्टी एसकेएम र भाजपा गठबन्धनको प्रतिफल हुनसक्ने सम्भावना स्पष्ट भएको।


गान्तोक, 18 अक्टोबर। भाजपा र एसकेएमको गठबन्धनलाई सिक्किमको विकास र लम्बित मुद्दाहरूसित जोडेर भइरहेको चुनावी व्याख्यानमाथि कठोर प्रहार गर्दै सिक्किम रिपब्लिकन पार्टीले भाजपाले एसकेएम र एसडीएफलाई देखाउने दाँत बनाएर सिक्किमको अस्तित्व चबाउने भाजपाको दाँत पल्हाइसकेको गम्भीर आरोप लगाएको छ। प्रेस क्लब अफ सिक्किममा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै एसआरपी अध्यक्ष केबी राईले अब भ्रष्टचार विरोधी नारा लिएर सत्तामा पुगेको एसकेएम पार्टीको सरकार भ्रष्टचारीहरू सितै गठबन्धनमा रहेर काम गरिरहेको आरोप लगाए। उनले भ्रष्टचार मुक्त भारत र सिक्किमको नारा दिने एसकेएम र भाजपा दुवैले चोर दैलोबाट पछिल्लो सरकारमा भ्रष्टाचार गर्नेहरूलाई नै लिएर गठबन्धन गरेर सरकार चलाइरहेको हुनाले अब भ्रष्टचार मुक्च सिक्किम बनाउँछु भन्ने नारा सकिएको बताए। गान्तोक निर्वाचन क्षेत्रको उपचुनाउको एसआरपी उम्मेद्वार एसटी लेप्चा सितै कार्यकरी अध्यक्ष चक्रपाणी भट्टराई साथै अन्यको उपस्थितिमा भएको सम्मेलनमा अध्यक्ष राईले भाजपा र एसकेएमको गठबन्धनले सिक्किमको दुईवटा विधानसभा सीट बीजेपीको नाममा छोडेर भाजपालाई सिक्किम पस्ने मूल दैलो खोलिदिएको आरोप लगाए। उनले हिजो मात्र भाजका स्टार प्रचारक केन्द्रीय खेलकूद तथा युवा मामिला मन्त्री किरण रिजिजूले गठबन्धन बारे कुनै लिखित पत्र जारी नगरेपछि एसकेएम पार्टीले दिउँसै  जनताको आँखा फूला पारेको आरोप लगाए।

सिक्किमको अस्मिताको सुरक्षा केवल विधानसभा आरक्षणले हुनाले बी.एल-लाई पनि खतरामा पारेको अनि भाजपालाई दुई सीट सुम्पिएर राजनीतिक अस्मिता खतरामा हाल्नेकाम गरेको अनि अहिले एसकेएम एसडीएफ भाजपामा विलय भइसकेको दावी गरे। उनले भ्रष्टाचारीहरूलाई राज्य भाजपाले लुक्ने ठाउँ दिएको बताउँदै भाजपा राज्य अध्यक्ष डीबी चौहानले 371एफमा खेलबाड भए आफूले पार्टी त्याग्ने दिएको मन्तव्य हाँस्यस्पद रहेको बताउँदै गत समयमा एसडीएफ-का 10 जना विधायक भाजपामा गएर भाजपाको भ्रष्टचारमुक्त छविलाई धमिल्याउँदा नै किन राजिनामा दिएनन अब उनले 371 एफ उडाउँदा राजिनामा दिन्छु भन्नु सरासर भ्रष्टाचारीहरूलाई साथ दिनु हो। अर्कोतिर सिक्किममा सीबीआई भित्र्याउँछु भनेर सत्तामा पुगेको एसकेएम पार्टीले अहिलेसम्म कुनै कार्वाही नगरेको अनि अहिले आफ्नै गठबन्धनमा रहेको भाजपाका विधायकहरूमाथि कसरी सीबीआई लगाउँछन् जनताले बुझ्नुपर्ने बताए। यसैगरी एसकेएम पार्टीले अहिले धम्की हिंसा र विपक्षीहरूलाई चलमल गर्न नदिने अनि मुख्यमन्त्री पीएस गोले स्वयं चुनाउमा उठेको पोकलोक कामराङ क्षेत्रमा प्रचारमा जाने एसआरपी-को उम्मेद्वारलाई समेत रोकिरहेको घटनाले एकसय दिन पुग्दा नपुग्दै एसकेएम सरकार फेल भएको दावी गरे।

अर्कोतिर उनले एसकेएम र भाजपाको गठबन्धनलाई लिम्बू तामाङको आसन कति र कहाँबाट कसरी दिने, नेपालीको हराएको आसन कहिले फर्काउने, 11 जात गोष्ठीलाई कहिले जनजाति बनाउने भन्ने बारेमा कुनै स्पष्टिकरण केन्द्रीय मन्त्री राज्य भाजपा अध्यक्ष र मुख्यमन्त्री स्वयंले दिननसकेको अनि त्यसैको नाममा गठबन्धन गरेको हो भनेर केवल जनताको आँखा छल्नेकाम गरेको बताए भने 371एफ मास्दैनौ भन्ने भाजपा र एसकेएमले नमासेपनि यो धारालाई काम नलाग्ने र मूर्दा बनाएर छोड्नकालागि तयारी गरिरहेको अनि छिमेकी राज्य बङ्गालको गोर्खाल्याण्ड समस्या समाधान गर्नको निम्ति सही र शरल बाटोको रूपमा सिक्किम दार्जीलिङ एकिकरणको पहल दुईवटा  पार्टी एसकेएम र भाजपा गठबन्धनको प्रतिफल हुनसक्ने सम्भावना स्पष्ट भएको गम्भीर दावी पनि गरे। उनले एसआरपी-को उम्मेद्वारलाई जिताएको खण्डमा राजनीतिक पर्यटक नबनाउने र अल्प संख्यक र बहुसंख्यकको समान अधिकारको निम्ति सदनमा साँचो वकालत गर्ने अडान पेश गरे।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया