एसकेएम पार्टी नै सिक्किमको भविष्य हो एसडीएफ फर्केर आउँदैन: पीएस गोले

गान्तोक, 19 अक्टोबर। दक्षिण सिक्किमको पोकलोक कामाराङको आउँदो उप चुनाउलाई केन्द्र गर्दै युद्धस्तरमा सम्पन्न भइरहेको सत्तारूढ एसकेएम पार्टीको चुनावी सभा समष्टिको कामराङ खेलमैदानमा सम्पन्न भयो। उप चुनाउको प्रचारप्रसार थाम्न ठिक अघि समष्टि स्तरीय चुनावी सभामा एसकेएम पार्टीका अध्यक्ष एवं पार्टी प्रत्याशी पीएस गोलेको सभामा समर्थकहरू बाक्लै संख्यामा उर्लिएर एक प्रकारले शक्ति प्रदर्शन पनि गर्‍यो। सभामा पार्टी अध्यक्ष एवं पोक्लोक कामराङ समष्टिका एसकेएम प्रत्याशी पीएस गोल सँगसँगै विधानसभा उपाध्यक्ष साङ्गे लेप्चा, मन्त्रीगण, मुख्यमन्त्रीका सल्लाहकारगण, सांसद इन्द्र हाङ सुब्बा, घटक पार्टी एसकेएम र भाजपा पार्टीका विधायकगण, मुख्यमन्त्री राजनैतिक सचिव, पार्टीका वरिष्ठ नेताहरु, जिल्ला तथा ग्राम पञ्चायत र सम्बन्धित समष्टिका आम जनताको पनि बाक्लो उपस्थिति रहेको छ।

सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका अध्यक्ष एवं मुख्यमन्त्री प्रेम सिंह तामाङले आज कामराङको खेलमैदानमा पोक्लोक कामराङको समष्टि स्तरीय चुनावी सभालाई सम्बोधन गर्दै सिक्किमको राजनैतिक इतिहासमा पवन चामलिङ डुबेको घाम हो भन्दै फेरि चामलिङ सत्तामा फर्केर आउँदैन भने। पोक्लोक कामराङ समष्टिमा उप चुनाउको निम्ति एसकेएम पार्टीको प्रत्याशीको रूपमा चुनावी मैदानमा रहेका गोलेले पूर्व मुख्यमन्त्री पवन चामलिङको खोइरो खने। जुन व्यक्तिले सिक्किमलाई जात जातमा टुक्रायो, धर्म धर्ममा बिभाजन गर्‍यो, त्यहीँ मान्छे आज पागल जस्तै भएर घुम्दैछ भन्दै गोलेले चामलिङलाई तिखो प्रहार गरे। मुख्यमन्त्री गोलेले अघि भने, आफ्नो पराजित स्वीकार्न गर्न नसक्ने मान्छेसँग जनता होसियार हुनुपर्छ। जात र धर्मको नाममा जनतालाई भ्रमित गर्दैछन्। तर चामलिङ फर्केर आउनेवाला छैन। एसकेएम पार्टी नै सिक्किमको भविष्य हो, मुख्यमन्त्री गोलेले भने।

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन