भूपू सैनिकहरुलाई वान रेङ वान पेन्सनको पूर्ण सहुलियत दिन सरकार तयार- अनिमेष घोष

खबरम्यागजिन प्रतिनिधि

खरसाङ, 24 मई 2017


भारतीय भूतपूर्व सैनिक सङ्घ खरसाङ शाखाको वार्षिक साधारण सभा आज शाखा अध्यक्ष अवकाशप्राप्त कर्णल जेपी भण्डारीको अध्यक्षतामा र कप्तान अदिप थापाको सञ्चालनमा सम्पन्न भयो। सभामा प्रमुख अतिथिको रुपमा अप्रा० आरपी राई उपस्थित थिए। तिनले आफ्नो सम्भाषणमा अवकाशपछि सबैले स्वास्थ्यको ख्याल गर्नु पर्ने बताउँदै प्रत्येक बर्ष देशमा ५०-६० हजार सैनिकहरुले अवकाश लिने त्यसैले सरकारले भूपू सैनिकहरुलाई दिने सहुलियत प्राप्त गर्नलाई साङ्गठानिक रुपमा अघि बढ्ने आह्वान गरे। सभामा विशिष्ट अतिथिको रुपमा भूपू सैनिक सङ्घ राज्य समितिको महासचिव तथा राष्ट्रिय उपाध्यक्ष अनिमेष घोष उपस्थित थिए।

तिनलाई खरसाङ शाखाको तर्फबाट खदार्पण,अङ्गवस्त्र र सम्मान् पत्रद्वारा सम्मान् पनि गरियो। सम्मानपछि राष्ट्रिय उपाध्यक्ष घोषले सरकारले २०१९ सम्ममा भूपू सैनिकहरुलाई वान् रेङ वान् पेन्सनको पूर्ण सहुलियत दिन तयार भएको बताए। सभामा वार्षिक प्रतिवेदन सचिव पूरण थापाले राखे भने कोषाध्यक्षद्वारा हरहिसाब सुनाइयो।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन