तृणमूलले गऱ्यो समिक्षाः पार्टी विरुद्ध काम गर्नेलाई पठाइने नोटिस

मनोहर शर्मा

मिरिक, 24 मई 2017


मिरिकमा आज हिल तृणमूल काङ्ग्रेस दार्जीलिङ जिल्ला समितिले चुनाउ समिक्षा गरेको छ। ‘चुनावी समीक्षा सभा भयो, चुनाउमा पार्टी बिरूद्ध कार्य गर्ने कार्यकर्ताहरूलाई सोकज नोटिस पठाइने निर्णय भएको छ,’ सभाबारे बोल्दै हिल तृणमूल अध्यक्ष राजेन मुखियाले भने, ‘मिरिक नगरपालिकामा तृणमूलले बोर्ड गठन गरेपनि दार्जीलिङ, कालेबुङ र खरसाङमा खाता मात्र खोल्न सफल भएको यससलाई सकरात्मक रूपमा लिएका छौँ।’

जीटीए चुनाउको निम्ति जन सम्पर्क अभियान शुरु गर्ने गरिने बताउँदै मिरिक नगरपालिकाको बोर्ड आउँदो 29 मईको दिन गठन हुने अनि शपथ कार्यक्रममा मन्त्री अरूप विश्वास लगायत जिल्ला तृणमूल नेतृत्वहरूको उपस्थित रहने बताएका छन्।

राज्यकी मुख्यमन्त्रीले शान्ता छेत्रीलाई राज्यसभा सांसद प्रार्थी बनाउने घोषणा गरेकोमा स्वागत जनाउदै छेत्रीले राज्यसभामा एघार जातलाई जनजाति बनाउने माग उठान गर्ने पनि मुखियाले बताएका छन्। ‘जनजातिको माग मोर्चाले उठाएकै छैन्,’ मुखियाले भने, ‘यस मुद्दाको सामाधान तृणमूलले गरेर देखाउनेछ।’

पहाडमा बङ्गला भाषाको अनिवार्यता बिषयमा मोर्चाले विभ्रान्ति फैलाइरहेको अभियोग लगाउँदै जीटीए क्षेत्रमा नेपाली भाषालाई नै पहिलो भाषा बनाइनु पर्छ भन्ने बिषयमा मुख्यमन्त्रीलाई ज्ञापन दिइने मुखियाले बताएका छन्। ‘नेपाली भाषा मान्यता प्राप्त भाषा रहेकोले बङ्गालको डब्ल्युबीसीएस  परीक्षामा पनि नेपाली भाषालाई वैकल्पिक भाषाको रूपमा मान्यता दिइनुपर्ने हिल तृणमुलको माग छ,’ उनले भने।

यता, तृणमुल नेत्री शान्त छेत्रीले मुख्यमन्त्रीले राज्यसभाको सांसद प्रार्थी बनाउने घोषणा गरेकोमा आभार प्रकट गरिन्।  ‘ म पहाड र समतलको पक्षमा कार्य गर्नेछु,’ उनले भनिन्, ‘मेरो कामको पहिलो प्राथमिकता निर्वाचित भएर गएपछि नै तय हुनेछ।’

मुख्यमन्त्रीले पचास बर्षपछि राज्य सभा सांसदको निम्ति पहाडको चेलीलाई मौका दिएकोबाट मुख्यमन्त्रीको पहाडप्रतिको माया कति छ भन्ने कुरा स्पष्ट झल्किने पनि बताइन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन