‘पुलिसले आतङ्क मच्चाउने काम गर्नु हुँदैन’

खबरम्यागजिन प्रतिनिधि

मिरिक, 24 मई 2017


नेपाली भाषालाई अतिक्रमण गरेर बङ्गाल सरकारले पहाडमा बङ्गला भाषाको प्रचारसँगै पहाडका बेरोजगारहरूलाई रोजगार दिनुको सट्टा पहाडमा बङ्गालका बङ्गालीहरूको रोजगारको बाटो प्रशस्त गर्ने षड्यन्त्र भइरहेको अभियोग युवा मोर्चा केन्द्रीय उपाध्यक्ष लाडुप घिसिङले लगाएका छन्।

आज मिरिकमा पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘नेपाली भाषा संवैधानिक मान्यता प्राप्त भाषा हो यसलाई अमान्य गर्दै बङ्गालको शिक्षा मन्त्रीले जबरजस्ती जुन प्रकारले पहाडमा बङ्गला भाषा पठन पाठनलाई अनिवार्य गर्ने फरमान जारी गरेका छन्, त्यसको हामी घोर भर्त्सना गर्दछौ।’

यस बिषयमा आउँदो 26 मईको दिन मिरिकमा बिराट ऱ्यालीको आयोजना गर्ने बताउँदै ऱ्यालीमा सम्पूर्ण भाषा प्रेमी लगायत बिभिन्न सङ्घ संस्थाहरुलाई उपस्थित भइदिने उनले आह्वान गरे।

हिजो दार्जीलिङमा शिक्षक तथा कवि निमा शेर्पालाई पुलिसले गरेको अभद्र व्यवहारप्रति उनले घोर भत्सर्ना जनाए। ‘पुलिसले जनतालाई न्याय र सुरक्षा दिनुपर्छ तर आतङ्क मच्चाउने काम गर्नु हुँदैन,’ उनले भने।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन