एनआरसीको विरुद्धमा अमित शाहको जलाइयो पुतला

सिलगढी, 7 नोभेम्बर


एनआरसी, नेश्नल पपुलेसन रजिस्टर (एनपीआर) र नेश्नल रजिस्ट्रेशन आइडेन्टिटी कार्ड (एनआरआईसी) लागू विरुद्ध सीपीआई (एमएल) लिबरेशनले देश व्यापी प्रतिवाद गरेको छ।

सीपीआई (एमएल) लिबरेशनका दार्जिलिङ जिल्ला कमिटीको व्यानर बोकेर पार्टी समर्थकहरूले शहरमा प्रतिवाद ऱ्यालीसमेत निकाल्यो। यसैबिच  हाशमी चोकमा केन्द्रिय गृह मन्त्री अमित शाहको पुतला पनि जलाइयो।

प्रदर्शनकारीहरूले भाजपा सरकारको विरुद्धमा जमेर प्रतिवाद गरेको छ।  सीपीआई (एमएल) लिबरेशनका दार्जिलिङ जिल्ला कमिटीका सचिव अभिजित मजुम्दारले केन्द्रको मोदी-शाह सरकार फासीवादी सरकार रहेको जनाएका छन्।

‘एनआरसी, एनपीआर र एनआरआइसी लागू गर्न खोजेर केन्द्र सरकारले देशमा साम्प्रदायिक विभाजनको राजनीतिक षडयन्त्र गरिरहेको छ,’ उनले भने, ‘असममा एनआरसी लागू गरेर 19 लाख जनताको नागरिकतालाई कटघरामा खडा गऱ्यो। यो त पुरै तानाशाही हो। हामी तानाशाही सहने छैनौं।’

उनले शीघ्र नै असमको सबै डिटेन्सन क्याम्प बन्द गर्ने आह्वान गर्दै एनआरसी प्रभावित हरेक व्यक्तिको नागरिगकता सुनिश्चित गरिनुपर्ने माग गरेका छन्।  ‘देशमा एनआरसी, एनपीआर  वा एनआरआइसी अथवा यस्तो कुनै पनि  तानाशाही नीति चलाइनु हुन्न,’ उनले भनेका छन्, ‘यसको विरुद्धमा आम जनता एकबद्ध हुन अनिवार्य छ।’

विरोध प्रदर्शनमा सीपीआई (एमएल) लिबरेशनका दार्जिलिङ जिल्ला कमिटीका नेताहरू बासुदेव बसु, पुलक गाङ्गुली, श्सामल भौमिक, मुजम्मिल हक, शरत सिंह, मीर चतुर्वेदीसमेत उपस्थित थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया