विमल गुरुङहरूको सुनवाई शुरु

कालेबुङ, 7 नोभेम्बर


कोलकाता उच्च न्यायालयमा बिहिबारदेखि विमल गुरुङ, रोशन गिरीलगायत अन्य आरोपीका मुद्दाबारे सुनवाई शुरु भएको थाहा लागेको छ। उच्च न्यायालयको स्पेशल वेञ्चमा सुनवाई चलिरहेको अधिवक्ता आनन्द भण्डारीले जनाएका छन्।

भण्डारीअनुसार विमल र रोशनको मोठ 126 वटा लम्बित मुद्दा र अरू कार्यकर्ताहरूको 31 वटा मुद्दाबारे आजदेखि सुनवाई शुरु भएको हो।

मोठ 157 वटा मुद्दामा सबैको केस डायरी नआइपुगेकोले पश्चिम बङ्गाल सरकारले न्यायालयसित समय माग्यो। न्यायालयले राज्य सरकारलाई 10 दिनको समयसमेत दिएको छ। ती मुद्दाबारे 19 नोभेम्बरमा फेरि सुनवाई हुनेछ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया