
विश्व साहित्य : रोजर जोसेफ मेक्गफ
अनुवाद : बालिका थपलिया
रोजर जोसेफ मेक्गफ सन १९३७ नोभेम्बरमा इङगल्याण्डमा जन्मिएका हुन् । उनी लेखकका साथसाथै बि.बि.सि. रेडियोमा कविताको कार्यक्रम पनि चलाउँछन् । उनी अर्का चर्चित लेखक फिलिप लार्किनका समकक्षी थिए। उनले थुप्रै कविता सङग्रहहरु, बालबालिकाका लागि किताबहरुका साथसाथै नाटकका पुस्तक पनि प्रकाशित गरेका छन् । उनी लिभरपुल भन्ने ठाउँमा जन्मिएका हुनाले उनलाई लिभरपुलका प्रसिद्ध कविको रुपमा पनि चिनिन्छ । प्रस्तुत छ उनले लेखेको चर्चित ‘भ्यालेन्टाइन् कविता’
यदि म कवि हुँदो हुँ
तिम्रो लागि कविता लेख्थें हुँला
यदि म सङगीतकार हुँदो हुँ
तिम्रो लागि धुन बजाउँथें हुँला
तर म साधारण मान्छे मात्र हुँ
म जतिसम्म सक्छु
तिमीलाई भरमग्दुर प्रेम दिन्छु ।
यदि म मुर्तिकार हुँदो हुँ
तिमीलाई ढुङगामा कुँद्थे हुँला
यदि म चिकित्सक हुँदो हुँ
तिम्रो उपचार गर्ने थिएँ हुँला
तर म फुटपाथको यात्री मात्र हुँ
यो हृदय तिम्रो पाउमा बिछ्याएर
तिम्रो हरदम अर्चना गर्छु ।
यदि म वाचक हुँदो हुँ
तिम्रो नाममा सुमधुर भाषण गर्थें हुँला
यदि म तेलको टयाङकर हुँदो हुँ
त्यो मुटुको किनाराभरि पोखिने थिएँ हुँला
तर म त गरिब प्रेमी मात्र हुँ
जहाँसम्म पहुँच पुग्छ
मृगतृष्णाले निर्मित प्रेम पठाउँछु ।